कोरोनाका कारण भारतमा चौथो व्यक्तिको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ७ गते शुक्रवार

काठमाडौं, ७ चैत : कोराना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार देशको पञ्जाव प्रान्तमा एक व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मृत्यु भएका पछिल्लो व्यक्ति ७० वर्षीय पुरुष रहेका छन्। ती व्यक्ति यही मार्च ७ मा इटाली र जर्मनीको भ्रमण गरेर भारत आएको पाइएको छ।
भारतमा कोरोना भाइरसका कारण यो समाचार तयार गर्दा सम्म १ ९४ जना संक्रमित भएका छन्। स्वास्थ्य अधिकारीका अनुसार संक्रमित भएकामध्ये २० जना भने सफल उपचारपछि घर फर्किका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार