तुलसीपुर ९ ले शुक्रबारदेखी कोरोना भाइरसबाट बच्न सचेतना मुलक कार्यक्रम गर्ने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ६ गते बिहिवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले शुक्रवारदेखी प्रत्येक टोलहरुमा कोरोना भाइरसबाट बच्नको लागी संचेतना मुलक कार्यक्रम गर्ने भएको छ । विहिबार वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षतामा भएको वडा स्तरिय विपद् ब्यवस्थापन समितीको बैठकले सो निर्णय गरेको हो ।

पछिल्लो समय विश्वमा कोरोनाले माहामारी रुपमा लिइरहेको बेला वडाबासीहरुलाई यसबाट बच्नको लागी संचेतना गराउँन प्रचार – प्रसार गर्ने निर्णय गरेको वडाध्यक्ष ढकालले बताए । उनले शुक्रबार देखी वडाका प्रत्येक टोलहरुमा माईकिङ गरेर सचेतना अपनाउनको लागी वडाले काम गर्न लागेको बताए ।

त्यसैगरी उनले पछिल्लो समय आम नागरिकहरु कोरोनाको कारण त्रास भएकाले यसबाट बच्नको लागी सबैले सरसफाईमा ध्यान आग्रह गरे । त्यसैगरी नगर स्वास्थ्य केन्द्र दोघरेका प्रमुख ईश्वरी प्रसाद चालिसेले आम नागरिकहरु सचेत हुन जरुरी रहेको बताए ।

उनले यो रोगको लक्षण २ हप्ता सम्म नदेखिने भएकाले र ब्यक्तिबाट ब्यक्तिमा संक्रमण बढ्ने भएकाले धेरै भिडभाड हुने ठाउँमा नजाने, विदेशबाट भ्रमण गरि फर्केका ब्यक्तिहरुसंगको बिशेषगरी निगरानी गर्नु पर्ने बताए । त्यसैगरी उनले ब्यक्तिहरुले सरसफाईमा ध्यान दिने, तातो चिज खाने, चिसो चिज नखाने जस्तो गरेर सर्तकता अपाउन उनले आग्रह गरे ।

वडामा कोरोना भाइरस तथा अन्य विपत ब्यवस्थापनको लागी वडा स्तरिय ७ सदस्यी शिघ्र सेवा समिति गठन गरेको छ । वडा अध्यक्ष घनश्याम ढकालको अध्यक्ष एवं अन्य विभिन्न निकाय ७ जना ब्यक्ती सहित समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा नगर स्वास्थ्य प्रमुख ईश्वरी प्रसाद चालिसे, राप्ती आयुर्बेद चिकित्सालय तुलसीपुरका डा. कैशाल न्यौपाने, शसस्त्र ब्यस क्याम तुलसीपुरका बसन्त पण्डित, अस्थाई प्रहरी चौकी बेलुवाका प्रमुख प्रदिप खड्का, (नेकपा) प्रतिनिधी मुक्ती प्रसाद भट्टराई, नेपाली कांग्रेसका प्रतिनिधी मुक्ती प्रसाद न्यौपाने, विपद् ब्यवस्थापन समिति सदस्य देविका कोईराला र वडा सचिव यमनाराण सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार