दाङ, दाङ जिल्लाको नेपाल– भारत सिमा क्षेत्रमा सिमा सुरक्षा वेस क्याम्प स्थापना गरिएको छ । नेपाल सरकारले नेपाल – भारत सिमा क्षेत्रमा नयाँ १ सय १४ ओटा सिमा सुरक्षा वेस क्याप्प स्थापना गर्ने निर्णय गरेको आधारमा दाङको राजपुर गाउँपालिका ६ खंग्रामा नेपाल सशस्त्र प्रहरीको सिमा सुरक्षा वेस क्याम्प स्थापना गरिएको हो ।
बुधबार नेपाल सशस्त्र प्रहरी प्रदेश ५ का प्रमुख सशस्त्र प्रहरी नायव निरिक्षक डिआईजी नारायणदत्त पौडेल र दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले संयुक्त रुपमा सिमा सुरक्षा वेस क्याम्पको गरेका थिए ।
खांग्रामा स्थापना भएको सिमा सुरक्षा वेस क्याम्पमा सशस्त्र प्रहरी निरिक्षक रुपचन्द्र थापाको कमाण्डमा ४५ जनाको टोली खटिएको छ ।
जिल्लाको ८३ किलोमिटर खुल्ला सिमाना छ । सिमा सुरक्षाको लागी सशस्त्र प्रहरी प्रहरीको ३ ओटा सिमा सुरक्षा क्याम्प स्थापना भैसकेका छन् ।
गढवा गाउँपालिका ८ कोइलावास र राजपुर गाउँपालिका ७ सुनपथरी नाकामा यस अघी सिमा सुरक्षा क्याम्प स्थापना भैसकेको छ ।
जिल्लाको १२ स्थानमा नयाँ सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको छ ।
जस मध्य पटौली, गुरुङ्ग, भैसाही, भौवा, सिरिया, भौरीसाल, मुसीनाका, डगमारा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको र आउदो बर्ष ती ठाउँको अध्ययन गरेर थप निर्णयमा पुगीने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
दाङ जिल्लाको नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिती बढाउनेगरी योजना बनेको र त्यसलाई कार्यान्वयन गर्न थालिएको सशस्त्र प्रहरी वल दाङका एसपी नारायण श्रेष्ठले बताए ।
नेपालमा यस अघी १ सय ७ ओटा सिमा सुरक्षा क्याम्प छन् ।
सरकारले नयाँ एक सय १४ ओटा थप्ने निर्णय गरेको हो। सोही निर्णयको आधारमा प्रदेश ५ का दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासीमा अहिले सम्म ५ ओटा सिमा सुरक्षा क्याम्प स्थापना भैसकेको नेपाल सशस्त्र प्रहरी प्रदेश ५ का डिआईजी नारायणदत्त पौडेलले बताए ।
उहाँका अनुसार प्रदेश ५ मा ३३ ओटा नयाँ सिमा सुरक्षा क्याम्प स्थापना गर्ने प्रस्ताव गरिएको छ ।
यो प्रदेशमा २३ ओटा पुराना सिमा सुरक्षा वेस क्याम्प रहेका छन् ।
राजपुर गाउँपालिकालले ६ को खांग्रा र वडा न. ७ को सुनपथरीमा स्थापना भएको सिमा सुरक्षा वेस क्याम्पको पूर्वाधार निर्माण गर्न दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खांग्राको लागी पाँच लाख र सुनपथरीको लागी पाँच लाख गरी दश लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए ।
स्थानिय केशर थापाका अनुसार नाका क्षेत्रमा राज्यको उपस्थीति हुन थालेपछी नागरिकहरु खुसी भएका छन् ।