सात प्रदेशमा चन्द्रागारी जस्तै पर्यटकिय क्षेत्र बिस्तार हुन्छ : ढकाल

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ५ गते बुधवार


शरद रेग्मी
पाचथर, ५ चैत :
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन क्षेत्रको बिकास र बिस्तारका लागि आफुले सातै प्रदेशमा चन्द्रागिरीको शाखा बिस्तार गर्ने बताए । पछिल्लो समय चन्द्रागिरी हिल्स आन्तरिक र बाह्य पर्यटनको केन्द्र बन्न सफल भएको भन्दै स्थानीय सम्भावनाहरुको अध्ययन गरी शाखा बिस्ताको काम सुरु गर्ने उनले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्बाचनमा बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका ढकालले नेपालका हरेक पर्यटकीय र धार्मिक क्षेत्रको बिकास र बिस्तार गर्ने योजना अगाडि सारेको समेत जानकारी दिए।उनले भने, हामीले स्थानीयसंगको सहकार्यमा प्रदेश ४ को गैडाकोट स्थित मौला कालिका भगवतीको मन्दिरमा केबुलकारको काम सुरु गरिसकेका छौ ।


बुधबार पाचथर उद्योग बाणिज्य संघले आयोजना गरेको ब्यबसायिक भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष महासंघको गरिमा र प्रतिष्ठा बढाउन आफुले हरेक सरोकारवालासंग परामर्श गरेर अगाडि बढने प्रतिबद्धता ब्यक्त गरे ।
उनले आफु बिदेशी दाताहरुसंग राम्रो सम्बन्ध स्थापित गर्न सफल भएको भन्दै हरेक जिल्ला नगरको विकासमा सहयोगीको भुमिका खेल्ने बताए ।


स्थानीय स्तरमा नेपाल सरकार सैगको सहकार्यमा क्षमता अभिबृद्धि देखि उत्पादनको काम समेत सुुरु गर्ने समेत बताए । उनले बैकको ब्याजदर घटाउने देखि लागानीको बाताबरण तय गर्ने सम्मको योजना सुनाउदै उनले समृष्द्ध सरकार निजिक्षेत्र साझेदार भन्ने मुख्य नाराकासाथ आफु अगाडि बढेको बताए ।


पाचथर उद्योग बाणिज्य संघका अध्यक्ष दिपक नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आसन्न महासंघको निर्वाचनमा सबैलाई मिलाएर नयाँ नेतृत्वको चयन गर्ने बाताबरणको सिर्जना गर्न आफु लागि परेको बताए ।
उनले भने, जस्ले महासंघ र जिल्लाका समस्यालाई सम्बोधन गर्न सक्छ त्यसैले महासंघको नेतृत्व गर्छ ।कार्यक्रममा प्रदेश ५ का अध्यक्ष एवं जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले महासंघ पन्ध्र बर्षको अनुभव सङ्गालेर जिल्ला नगरको नेतृत्वमा उम्मेदवार बनेको बताए ।


उनले आम जिल्ला नगरका समस्याको समाधान र चाहाना र आबश्यकता अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले जिल्ला नगरका उद्योग बाणिज्य संघहरुको बिकासका लागि विभिन्न परियोजना र प्रोजेक्ट ल्याएर कार्यक्रम लागू गर्ने योजना समेत सुनाए ।


पूर्वाञ्चलका करिब तीन दर्जन उद्योव बाणिज्य संघका अध्यक्षहरु सहभागी भएको कार्यक्रममा ब्यबसायिका नेताहरु निरक केसी ,डिबि बस्नेत ,मेचिका अध्यक्ष नबराज पनेरु,पाचथरका पूर्व अध्यक्षहरु मित्र प्रसाद काफ्ले,शुभ थापा,ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरे,तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एंव केन्द्रीय सदस्य पदका उम्मेदवार बिमल रिजाल ,रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष एंव केन्द्रीय सदस्य पदका उम्मेदवार किशोर आचार्य,कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र प्रसाद अधिकारी लगाएतले शुभकामना र आफ्नो उम्मेदवारी बारे जानकारी गराएका थिए ।


सो अबसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिर बहादुर रावतले जिल्ला नगरमा आफ्नो कार्यक्षमता र दक्षता प्रदर्शन गरिसकेका पूर्व र बर्तमान अध्यक्षहरुको केन्द्रिय सदस्य पदका उम्मेदवारहरुलाई आफुहरुले निर्बाचित गराउने बताए ।
सो अबसरमा जिल्लामा सरसफाईको र सामाजिक अभियानमा सफल नेतृत्व गरिसकेका पूर्व अध्यक्ष बिमल रिजाललाई केन्द्रिय सदस्यमा अत्यधिक बहुमतले बिजयी बनाउन सबैसंग अपिल गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार