दाङबाट साढे १२ हजार बढि विद्यार्थीले एसइई दिदै

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ५ गते बुधवार


विकास डाँगी
तुलसीपुर
, यस बर्षको एसइई परिक्षा विहीबार चैत्र ६ गतेदेखी शुरु हुन लागेको छ । तर गतबर्षको जस्तो यस बर्ष विद्यार्थीहरुमा कोरोना भाइरसका कारण मनमा त्रास उब्जीएको छ । दाङमाबाट यस पटक साढे १२ हजार बढि विद्यार्थीहरु एसइईमा सहभागी हुदै छन् । यहि चैत्र ६ गतेदेखी हुन लागेको एसईइ परिक्षामा १२ हजार ७८१ जना विद्यार्थीहरु सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ ।

तर एसइई दिन लागेका विद्यार्थीहरुलाई भने कोरोना भाइरसका कारण मनमा त्रास उब्जीएको बताएका छन् । दाङको जतना संस्कृत माध्यामिक विद्यालय विजौरीबाट एसइई दिन लागेकी यमुना मगरले एसइईको तयारी राम्रै गरेको भएता पनि विश्वभर फैलिएको कोरोना भाइरसका कारण मन डर लागी रहेको बताए ।

दाङमा सामुदायिक र निजी गरी २१६ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेका छन् । जिल्लामा ४५ वटा केन्द्र रहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नभएकाले कोरोनो कारणले एसइई परिक्षामा नरोकिने शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्काले बताए । त्यसैगरी उनले दाङका परिक्षाको सम्पूर्ण तयारी भएको र शान्तीपूर्ण तवरले सम्पन्न गर्ने हुने समेत बताए ।
त्यसैगरी ७१ जना विद्यार्थीहरु परिक्षामा समाबेश नहुने इकाइले जनाएको छ । परिक्षाको लागी फर्म भरेको भएता पनि विद्यालयमा नियमित उपस्थित नहुदाँ लगाएत अन्य कारणले गर्दा ७१ जना विद्यार्थीहरुले परिक्षा दिन नपाउँने कार्यालयले जनाएको छ । त्यस्तै विद्यार्थीहरुले परिक्षाको तयारी पुर्णरुपमा गरेको भएता पनि उनीहरुलाई अहिले विश्वभर फैलिएको कोरोना भाइरसको त्रास रहेको छ ।

विद्यार्थीहरुले नेपालमा कसैलाई त्यस्तो संक्रमण नदेखिएको भएता पनि त्रास बनाउने खालको प्रचारले गर्दा आफुहरु त्रसित भएको तुलसीपुरमा रहेको हिमाल एकाडेमीका विद्यार्थी सृजना छन्त्याल र सन्तोस न्यौपानले बताए । विद्यार्थीहरुलाई परिक्षाको मानिसिक तनाब भएको बेला कोरोनाको त्रास पनि हुन सक्ने भएकाले परिक्षामा नबिग्रीयोस भनेर उनीहरुको मनोबल बढाउने कुरा सिकाउनु पर्ने माध्यामिक विद्यालय दोघरेका प्रधानाअध्यापक घनश्याम आचार्यले बताए ।

त्यसैगरी उनले एसइईलाई मध्यनजर गरी राज्यले परिक्षा केन्द्रमा स्थापना गर्ने स्वास्थ्य हेल्पडेक्स विद्यालयहरुमा पनि स्थापना गर्नु पर्ने बताए । नेपालमा कोरोनामा संक्रमण अहिले सम्म नदेखिएकाले त्रास नभई सचेत हुनु पर्ने प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधुसुदन केसीले बताए । तर अहिले आम नागरिकलाई सचेत बनाउनु भन्दा त्रास पैदा हुने प्रचार बढि भएकाले सबैलाई त्रसित भएको उनले बताए ।

उनले विद्यार्थीहरुको आत्मबल बढाउन सके उनीहरु त्यो त्रासबाट मुक्त हुने समेत बताए । दाङमा कोरोना भाइरसको प्रभाव नपरोस भनेर स्थानिय सरकार तथा प्रशासनले लागी परेका छन् ।

यता तुलसीपुर उपमहानरपालिकाले भारतबाट तुलसीपुरमा प्रबेश गर्ने प्रमुख नाका तुलसीपुर १३ दमारगाउँ र तुलसीपुरमा रहेको एयरर्पाेटमा हेल्पडेक्सको स्थापना गरेर यात्रुहरुको दैनिक चेकजाँच भैरहेको तुलसीपुर उपहानगरपालिकाका प्रमुख मेयर घनश्याम पाण्डेले बताए । त्यसैगरी उनले एसइई परिक्षामा कुनैलाई कोरोनाको संक्रमण भए आइसुलेनसमा राख्न ब्यबस्था गरेको समेत बताए ।

परिक्षा चैत्र १७ गते सम्म संचालन हुने छ । पहिलो दिन अग्रेजी विषयको परिक्षा हुदैछ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार