
तुलसीपुर, मानव अधिकार तथा शान्ति समाजले कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि सजगता अभियान मगलबारदेखी देशभर सुरु गरेको छ । शान्ति समाजले ५ बुदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउन सुरु गरेको हो ।
शान्ती समाज दाङ शाखाले मंगलबार कोरोना भाईरस नियन्त्रण रोकथामका लागि सजक्ता अभियान सन्द्र्बमा शान्ति समाजले राज् सग सहकार्य गर्ने, कालोबजारी रोक्न अनुगमन गर्ने, आपूर्ति ब्यबस्थालाई सहज गराउन उचित कदम चाल्न जोड दिने , अराजकता अब्यबस्था, कानुनी बिहिनताको स्थिती उत्पन्न हुन नदिन नागरिक खबरदारीका साथै नागरिक सहकार्यमा जोड, अभाव र असुरक्षाको स्थिति उत्पन्न हुन नदिन राज्री, राजनीतिक समाज, नागरिक समाजसग जोड र पुर्ब सतर्कता अधिक सावधानी र सरसफाइ अभियानको बिस्तारमा जोड दिनमा प्रस्तुत ध्यानाकर्षण पत्रमा उल्लेख्य गरिएको छ ।
ध्यानाकर्षण पत्र शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, केन्द्रिय सुशासनका समितिका सयोजक निर्मल नेपाली, शाखाका कार्यबाहक सभापति तुलसीराम सुनार र सचिव निर्मला डाङीले प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाललाइ बुझाएको हो ।