
तुलसीपुर, तुलसीपुरमा खुकुरी प्रहार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको छ । सोमबार विहान १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिकै तुलसीपुर ५ का निवासी २४ वर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार गरेको आशंकामा ३ जना ब्यक्तिलाई पक्राउ गरिएको हो ।
डाँगीमाथि खुकुरी प्रहारको आरोपमा तुलसीपुर ६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, सोही ठाउँ निवासी २२ बर्षीय शुसिल बस्नेत र सोही ठाउँका २५ बर्षीय अमिक खड्कालाई प्रक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँका कस्मिर टण्डन भने फरार रहेका छन् । उनी अन्यत्र भाग्न सक्ने भन्दै सिमानामा पनि कडाई गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बताए ।
टण्डन रा ३ प ६३९६ नम्बरको मोटरसईकलमा सवार रहेको समेत उनको भनाई छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान भईरहेको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरिएको छ । खुकरी प्रहारबाट डाँगीको मृत्यु भईसकेको छ । उनको हेलिकोप्टर चार्टर गरी उपचारको लागी काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।