निजि क्षेत्रको सहकार्यबिना सम्बृद्धिको कल्पना पनि गर्न सकिदैन: पुर्ब अध्यक्ष ढकाल

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ३ गते सोमवार


शरद रेग्मी
सुनसरी, ३ चैत्र ,
नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले निजि क्षेत्रसंगको सहकार्य बिना मुलुकमा सम्बृद्धिको कल्पना पनि गर्न नसकिने बताए । उनले सरकारले सम्बृद्धिको आधार राज्य निजि क्षेत्र साझेदारको अभियानलाई अगाडि बढाउन निजिक्षेत्रसगं ब्यापक रुपमा छलफल गर्नुपर्ने बेला आएको बताए ।


उनले हरेक स्थानिय निकायहरुको सहकार्यमा जिल्ला नगरमा सहकार्यको बाताबरण श्रृजना हुने बताए ।सोमबार सुनसरीको इनरुवा उद्योग बाणिज्य संघले आयोजना गरेको छलफल एव अन्तर्कृया कार्यक्रममा बोल्दै महासघका पुर्ब अध्यक्ष ढकालले निजिक्षेत्रको विकास र सहकार्यका लागि ब्यबसायिक एकताको आबश्यकता रहेको बताए ।


ईनरुवा उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका ढकालले बरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालको बिजय सुनिश्चित रहेको बताए । उनले अब आउने महासंघको शसक्त र जुझारु टिमले जिल्ला जिल्लामा रहेका उद्योगी ब्यबसायिहरुको मनोबल बढाउदै सरकार साझेदार भन्ने नारा सहित स्थानिय निकायहरु सग सहकार्य गरेर काम गर्ने बाताबरण मिलाउने बताए ।

आसन्न निर्बाचनको सन्दर्भ पारेर जिल्लाका ब्यबसायिक समस्या र सम्भाबना बुझ्न उम्मेदवार सहित जिल्ला भ्रमणमा रहेका पुर्ब अध्यक्ष चण्डिराज ढकाल करिब तिन दर्जन जिल्ला नगरका अध्यक्ष र महासंघको टिम सहित पूर्बाअञ्चलका जिल्लाहरुमा पुगेपछि स्थानिय ब्यबसायिहरु पनि उत्साहित बनेका छन् । नेपाल उद्योग बाणिज्य महासंघको निर्बाचन नजिकिदै गर्दा ब्यबसायिका नेताहरु जिल्ला भ्रमणमा ब्यस्त रहेका छन ।


प्रदेश १ र २ का बिभिन्न जिल्लाहरुको ब्यबसायिक भेटघाटका लागि पूर्ब अध्यक्ष ढकालको टिम चितवनका बिभिन्न उद्योग बाणिज्य संघ,मकवानपुर,बारा पर्सा रौतहट, लाहान ईटहरी उर्लाबारी ,धरान हुदै सोमबार साँझ धनकुटा पुगेको हो ।


कार्यक्रममा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल,जिल्ला नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारी ,प्रदेस १ का अध्यक्ष नरेन्द्र खडका,प्रदेश सांसद लिलम बस्नेत,
तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एंव केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजाल लगाएतकाले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार