तुलसीपुर, नमस्ते राप्ती यातयात प्रालिले कोरोना भाइरसको सन्त्रासका कारण भारतका लागि जाने बस तत्काललाई रोकेको छ । भारतसहित विश्वभर फैलिएको कारोनाको प्रभावका कारण सरकारले नै भारत जाने सवारी साधनमा रोक लगाएपछि प्रालिले भारतका लागि दिने सेवा बन्द गरेको हो ।
प्रालिले सोमबार पत्रकार सम्मेलन गरी कोरोनाको रोकथामका लागि भारत जाने बसहरु केहिदिनका लागि बन्द गरेको जनाएको छ । कारोनाको त्रास रोकिएपछि पुन : यथावत रुपमा सेवा संचालन गर्ने प्रालिका अध्यक्ष बामदेव खनालले जानकारी दिए । ‘भारतसम्म प्रालिबाट संचालन हुने बस केहि समयका लागि बन्द गरेका छौँ’ उनले भने–‘यात्रुमहानुभावमा पर्न गएको असुविधाप्रति क्षमपार्थी छौँ ।’
यसैबिच प्रालिले सोमबार संस्थापक उपाध्यक्ष ओमकार बोहोरालाई पुनः स्वागत गरेको छ ।
प्रालिले सोमबार तुलसीपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि संस्थापक उपाध्यक्ष बोहोरालाई पुन : स्वागत गरेको हो ।
बोहोराले संस्था स्थापना भएको डेढ वर्षसम्म प्रालिमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । प्रालिले अहिले सम्म १ सय ९ वटा गाडीहरु सञ्चालन गरिरेहको छ ।
प्रालिले दाङदेखि बिराटनगर, जनकपुर, रोल्पा रुकुम हुँदै भारतसम्म गाडीहरु सञ्चालनमा ल्याएको छ । प्रालिले केही समयपछि नयाँ खालका गाडीहरु सञ्चालन गर्ने योजना बनाएको पनि उनको भनाई छ । अहिलेको प्रतिस्पर्धाको युग छ, हामी धेरै प्रयास गरेर प्रालि सञ्चालन गरिरेहको छौँ, उनले भने – ‘प्रालिले यात्रुमैत्री बनाउने विषयमा पनि गम्भिर भएर अघि बढेको छ ।’ कार्यक्रमको सहजीकरण प्रालिका कार्यालय प्रमुख सुशिल न्यौपानेले गरेका थिए ।