काठमाण्डौ ३ चैत्र , महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त रूपमा खटिएलप प्रहरी टोलीले काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका १० विष्णुदेवी स्थित एक घर गोदाम प्रयोजनको लागि भाडामा लिई आर डि जि ईन्टरनेसनल कम्पनिले काला बजारीको लागि स्टोर गरीराखेको १७७ बोरा मास्क सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कम्पनिका संचालक काठमाण्डौ महानगरपालिका २३ का बर्ष ३४ को सुरज गोयल र भारत राजस्थान घर बताउने वर्ष ३७ को सुवास महेश्वरी हुन ् । जिल्ला प्रशासन कार्यालयका काठमाण्डौका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम श्रेष्ठ तथा चन्द्रागिरी नगरपालिकाका वडा वडाध्यक्ष गोपालकृष्ण महर्जन तथा स्थानियवासीहरूको रोहवरमा उक्त परिमाणको मास्क गोदामबाट बरामद गरीएको हो ।
बरामद मास्क कुल ८ लाख ४९ हजार ६ सय वटा रहेको छ । बरामद मास्क तथा पक्राउ परेका व्यक्तिहरू उपर कालाबजारी तथा सामाजिक हित विरूद्धको अपराध २०३२ अन्तर्गत अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।