खुकुरी प्रहारबाट तुलसीपुरमा एक युवक गम्भीर घाईते

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ३ गते सोमवार

तुलसीपुर ,खुकुरी प्रहारबाट तुलसीपुरमा एक युवक गम्भीर घाईते भएका छन । घाईते हुनेमा तुलसीपुर ५ रतननाथ टोल निवासि २३ बर्षिय हिरा डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई आफ्नै तुलसीपुर ६ गोलौराका अनुप बस्नेत सहितको समुहले सोमबार विहान १ बजे एयरपोर्ट नजिक आक्रमण गरेका थिए । शरीरबाट धेरै रगत बगेका हुदाँ उनलाई कोहलपुर बाट काठमाण्डौं लैजाने तयारी भैरहेको छ । आक्रमण गर्नेहरुको खोजी भैरहको प्रहरीले जनाएको छ । घाईते डाँगी सल्यान त्रिबेणि गाउपालीकाका अध्यक्ष मान बहादुर डाँगीका छोरा हुन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार