तुलसीपुर, उपभोक्ताहरुलाई आफ्नो अधिकारप्रति सचेत वनाउन सके मात्रै वजारमा हुने विभिन्न खालका अनियमितता रोक्न सकिने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । कुनै पनि सामान किन्दा त्यसको सबै पक्षबाट गुणस्तरियता परीक्षण गर्न आवश्यक रहेको उनीहरुले वताएका थिए ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको परिसंवाद कार्यक्रममा वोल्दै सरोकारवाला निकायका व्यक्तिहरुले सामान किन्दा उपभोक्तालाई राम्रोसँग चेकजाँच गरेर मात्रै किन्न सुझाव समेत दिएका थिए । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सरोकारवाला निकायका विचमा मात्रै गरिएको कार्यक्रममा वोल्दै उपभोक्ता अधिकार मञ्च दाङ्गका अध्यक्ष केशब कुमार शर्माले स्थानीय सरकारमा अनुगमन र नियमनको अधिकार प्रत्यायोजन भएपनि सबैले त्यसलाई कार्यान्वयन गर्न नसकेको वताए ।
उनले कतिपय स्थानीय तहमा उपभोक्ता हित संरक्षण शाखा समेत स्थापित हुन नसकेको उनको भनाई थियो । ‘उपभोक्तामा कुनै पनि वस्तु किन्दा विभिन्न खालका प्रश्नहरु गर्ने वानीको विकास गर्नु आवश्यक छ ’ अध्यक्ष शर्माले वताए । इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख गंगावहादुर खत्रीले उपभोक्ताको अधिकार रक्षाका लागि कानुनका साथै नियमन गर्ने निकाय समेत हुँदा पनि अझै मिसावट र कालोवजारीमा समस्या रहेको वताए ।
उनले विगतमा भन्दा केही सुधारको अवस्था रहेको भएपनि प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्ने कुरामा जोड दिए ।‘उपभोक्ताका अधिकार धेरे किसिमका छन् सबै वारेमा उनीहरुलाई जानकार गराउनु पर्दछ ’ उनले भने । उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानले स्वास्थ्य क्षेत्रमा उपभोक्ताको अधिकार धेरै हनन हुने गरेको वताउँदै त्यसलाई आफुले नियमन गर्ने वताए । एक जना डाक्टरले एकै दिनमा १ सय जनासम्मलाई चेकजाँच गर्नु कानुन विपरित भएको भन्दै जनशक्तिको अभावमा त्यस्तो भएको उनको भनाई थियो ।
मापदण्डमा नरहेका स्वास्थ्य संस्थालाई तत्काल कारवाही गरिने समेत उनले आश्वस्त पारेका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका विवेक वञ्जाराले वजारमा प्लाष्टिकको चामल र अण्डा विक्री हुने भ्रमपुर्ण समाचारले उपभोक्तालाई त्रासमा पारेको वताए ।
उनले विगतमा भन्दा खाद्य अनुगमनको क्रम तिव्रताका साथमा अगाडि वढेको भन्दै केही सुध्रिएको समेत दावी गरे । ‘उपकरणको अभावले पनि कतिपय कुराको चेकजाँच गर्न सकिएको छैन,तर पनि हामीले नमुना पठाएर परिक्षण गरिरहेका छौ’ उनले भने । व्यवसायीहरुले इमान्दार भएर सामान विक्री गरे वजारमा कालोवजारी नहुने उनले तुलसीपुर उद्योग वाणिज्य संघमा महासचिव रुपवहादुर खत्रीले वताए ।
उनले उपभोक्तालाई ठग्ने व्यापारीहरुलाई कारवाही गरिरहेको समेत वताए ।
उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाकी रेवा रावतले अनुगमनलाई नियमितता दिनुका साथै आवश्यकलाई कारवाही गरेको कुरामा समेत उनले जोड दिइन् । उनले वजारमा आशंका लागेमा उपभोक्ताहरुलाई खवर गर्नका लागि समेत आग्रह गरिन् । कार्यक्रमको सहजिकरण उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।