जिल्ला नगरका समस्या समाधान गर्न महासंघको भुमिका शसक्त हुनुपर्छ : प्रदेश ५ का अध्यक्ष तिवारी

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २ गते आइतवार


शरद रेग्मी
गोर्खा चैत्र , नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधी तिवारीले ब्सबसायिक नेताहरुको क्रियाशिलता महासघको गरिमा बढदै जाने बताए । आईतबार गोर्खा उद्योग बाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष तिवारी महासंघ र देशभरका ब्यबसायीहरुको गरिमा र जिल्ला जिल्लामा उद्योग बाणिज्य संघहरुको भुमिका शसक्त पार्न सहयोग मिल्ने बताए । उनले जिल्ला नगरका ब्यबसायिक एजेण्डा स्थापित गर्न महासंघको भुमिका शसक्त हुनुपर्नेमा जोड दिए ।


आसन्न नेपाल उद्योग बाणिज्य महासंघको निर्बाचनमा जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका प्रदेश ५ का अध्यक्ष तिवारीले आफु देश भरका उद्योग ब्यबसायीहरुको चाहाना अनुसार जिल्ला नगरको नेतृत्व गर्न अगाडि बढेको बताए । उनले भने ” म बिगत १५ बर्ष देखि निरन्तर जिल्ला नगरका ब्यबसायीहरु सग काम गर्ने अबसर पाएको छु यो लामो अनुभबलाई अब सेवा गरेर देखाउने छु”।


उनले जिल्ला नगरका हक हित र अधिकार स्थापित गर्न समेत यसपटक आफुलाई निर्बा्चित गराउन अपिल गरे ।उनले भने “म न्याय प्राप्ति गर्ने जिल्ला गोर्खाको भुमिमा छु यसपटक पक्कै पनि सबैले न्याय गर्नुहुनेछ “। जिल्ला नगरका हरेक समस्याहरु समाधान गर्न आफु शसक्त भएर लाग्ने समेत बताए ।


बैंकिङ समस्या,भिसिटिएस,भन्सार,आयकर र घरबाहल कर लगाएतका प्रमुख समस्याहरुलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
“सम्बृद्धिको आधार राज्य निजि क्षेत्र साझेदार” भन्ने मुख्य नाराका साथ हरेक जिल्ला नगरका दर्जन बढि अध्यक्षहरु र प्रदेश प्रमुख सहित जिल्ला भ्रमणमा रहेका उम्मेदवार तिवारी महासंघमा सधै शसक्त भुमिकामा रहेर काम गर्दै आएका छन् ।

जिल्ला नगरका हरेक समस्या र सम्भावनाहरु संग नजिक भएर काम रहेका प्रदेश अध्यक्ष तिवारी पछिल्लो समय जिल्ला नगरको उपाध्यक्षमा उम्मेदवार बने र सबैभन्दा बलियो उम्मेदवारको रुपमा रहेको जिल्लाका अध्यक्ष र महासंघका नेताहरुले बताएका छन ।


कार्यक्रममा गोर्खा उद्योग बाणिज्य संघका अध्यक्ष जिबन ज्योति श्रेष्ठ,तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एंव केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले आसन्न निर्बाचनमा जिल्ला नगरका समस्या समाधान गर्न महासंघमा जुझारु टिमको आबश्यकता रहेको बताए ।कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत,रोल्पा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष किशोर आचार्य,नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशब भण्डारी ,कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


सो अबसरमा त्रिशिद्धेश्वरी राप्ता यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसी,रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष देब बहादुर केसी, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी लगाएतले करिब दश बर्ष पछि तुलसीपुर उद्योग बाणिज्य संघले पूर्ब अध्यक्ष रिजाललाई महासंघको केन्द्रिय सदस्यमा उम्मेबवार बनाएको भन्दै सबैलाई सहयोग गर्न अपिल गरे ।

उता आईतबार बिहान पोखरामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य सघका अध्यक्ष बलराम ढकाल,तनहु उधोग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ लगाएतले चन्द्रप्रसादको टिमलाई अत्यधिक बहुमतले बिजयी बनाउन सबैले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

https://www.youtube.com/watch?v=8DhktKOf-LE

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार