चुनाबि नारा सहित ब्यबसायीका नेताहरु गण्डकि प्रदेशमा

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र १ गते शनिवार


शरद रेग्मी
पोखरा १ चैत्र
, उद्योग बाणिज्य महासंघको आसन्न निर्बाचनमा चुनाबि मैदानमा होमिएका निजि क्षेत्रका ब्यबसायी नेताहरु प्रचार प्रसारका लागि प्रदेश नम्बर चारका जिल्लाहरुमा पुगेको छ । सम्बृद्धको आधार सरकार निजिक्षेत्र साझेदार भन्ने मुख्य नारासहित जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीको नेतृत्वमा ब्यबसायीहरुको टिम ४ नम्बर क्षेत्रमा पुगेको छ ।

चुनाबि प्रचार प्रसार र ब्यबसायी भेटघाटका लागि पोखरा,पर्बत,बागलुङ हुदै म्याग्दि पुगेको छ । जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार तिवारीको नेतृत्वमा पुर्बाञ्चल र सुदुर पश्चिमका जिल्लाहरुको भ्रमण पछि टोलि प्रदेश नम्बर चार तर्फ लागेको जनाएको छ ।टोलिमा प्रदेश नम्बर ४ गण्डकि प्रदेशका अध्यक्ष सजिब कोईराला,केन्द्रिय सदस्य पदका उम्मेदवार तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष सफल युवा ब्यबसायी बिमल रिजाल, रोल्पा उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष एब केन्द्रिय सदस्य किसोर आचार्य,कोहोलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्र अधिकारी लगाएतको सहभागिता रहेको छ ।

प्रचार प्रसार टोलिमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत सल्लाहकार सुरेश हमाल,प्रेस सल्लाहकार शरद रेग्मी,सहकोषाध्यक्ष देबबहादुर केसी,बरिष्ठ सदस्य यज्ञ बहादुर केसी ,ब्यबसायी सन्जय पराजुली,नवल परासी उद्योग बाणिज्य संघका अध्यक्ष केशब भण्डारी लगाएतको सहभागिता रहेको छ । सो अबसरमा टोलीले बिभिन्न जिल्ला नगरका अध्यक्ष तथा प्रतिनिधिहरुसग भेटेर निजिक्षेत्र र सरकारका बिचमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेको छ ।

कार्यक्रममा पछिल्लो समय ब्यबसायीहरु माझ देखिएको समस्याका बारेमा पनि छलफल गरेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाकार शरद रेग्मीले जनाए । शनिबार बिहान पोखरामा भएको अन्तर्कृिया एंव छलफल कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले आफुहरु बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र प्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्षपदका उम्मेदवार तिवारीको जुझारु टिम र काम गर्ने शैलिबाट निकै प्रभाबित रहेको बताए ।उनले ढकालको टिमलाई सहयोग गर्न सबैलाई अपिल गरे ।

कार्यक्रममा जिल्ला नगर उधोग बाणिज्य सघका उपाध्यक्ष पदका उम्मेदवार तिवारीले आफु बिगत १५ बर्ष देखि निरन्तर महासघमा आबद्ध रहेर हरेक जिल्ला नगरका समस्या र सम्भाबनाहरु सग नजिक बाट बुझ्ने अबसर पाएको बताए । उनले आफु उपाध्यक्ष पदमा निर्बाचित भए पछि जिल्ला नगरका प्रतिनिधिहरु र महासंघ संग सम्बन्ध जोडन पुलको काम गरेर देखाउने बताए ।

उता शनिवार नै पर्बत,बागलुङ र म्याग्दीमा भएको छुट्टाछुट्टै कार्यक्रममा पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष केदार नाथ शर्मा,बागलुङ उद्योग बाणिज्य सघका अध्यक्ष युगराज राज भण्डारी ,म्याग्दि उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य,केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ लगाएतकाले बरिष्ठ उपाध्यक्षमा ढकाल, जिल्ला नगर उपाध्यक्षमा तिवारीको टिमलाई जिताउन अपिल गरेका थिए । उता बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिम प्रचार प्रसारका लागि पूर्बाञ्चल पुगेको छ ।


पूर्ब अध्यक्ष चण्डिराज ढकाल र जिल्ला नगरका दुई दर्जन अध्यक्ष सहित पूर्बी जिल्लाका बिभिन्न जिल्लाहरुमा चुनाबि अभियानमा होमिएको छ । चैत्र अन्तिम साता काठमाण्डौमा नेपाल उद्योग बाणिज्य महासंघको २८ र २९ गते हुने साधारण सभा र अधिबेशनले नयां नेतृत्व समेत चयन गर्ने हुदा देशभर ब्यबसायीहरु बिच चुनाबि सरगर्मि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार