दाङ कोशेली घर घोराहीले अल्लोको मास्क उत्पादन गर्दै

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र १ गते शनिवार


घोराही, दाङको घोराहीमा रहेको दाङ कोशेली घरले अल्लोको मास्क उत्पादन गर्न थालेको छ । नेपालमा पनि कोरोना भाइरसको त्रासका कारण दाङका बजारमा मेडिकल मास्कको अभाव भएको छ । पछिल्लो समयमा दाङको घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ ।

कोशेली घरमा अल्लोबाट विभिन्न सामाग्रीहरु उत्पादन हुदै आएको भएता पनि पछिल्लो समयमा बजारमा मास्कको अभाव रहेकाले पहिलो पटक अल्लोको मास्क बनाउन थालेको संचालक प्रेम कुमारी पुनले बताईन् ।

एउटा मास्कको मुल्य ८० रुपैयाँ तोकेको समेत उनले बताईन् । बाहिरको उत्पादित बस्तु भन्दा स्थानियमा उत्पादन भएका बस्तुहरु प्रयोग राज्यले निति नियम भए स्थानिय स्तरमा उत्पादित बस्तुले बजार पाउँने उनको भनाई थियो । अहिले उत्पादन गरेको मास्कको मुल्य धेरै पर्ने भएता पनि आफुहरुले सबैले प्रयोग गर्न सकुन भनेर ८० रुपैया मुल्य तोकेको बताए ।

त्यसैगरी उनले राज्यले नेपाली कच्चा पदार्थबाट उत्पादन भएको बस्तुहरुको बजारिकरण गर्नको लागी मिनी मार्केटको ब्यवस्था गरि दिनु पर्ने बताईन् । अल्लो दाङको पहाडी क्षेत्र लाएत, रोल्पा, रुकुम, सल्यान ,प्युठानमा पाईने भएता पनि यसबाट उत्पादित बस्तुमा मानिसहरु त्यति आकर्षित नभएको उनको भनाई छ ।


अल्लो चिसो ठाउँमा पाईने भएकाले आफुहरुले डोटी,डढेलधुराबाट ल्याएर सामानहरु बनाउने गरेको कोशेली घरमा काम गर्दै आउनु भएकी ज्योती मगरले बताईन् । अल्लोबाट सामानहरु बनाउन धेरै मेहेनत गर्नु पर्ने उनले बताईन् ।

यता घोराही उपमहानगरपालिकाका १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले अल्लोको ब्यवसायलाई माथी उठाउँनको लागी वडाले योजना बनाएको बताए । त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयले भने उल्लोको उत्पादन गर्नेहरुलाई तालिम र प्रविधी दिएको कार्यालयका प्रमुख उम बहादुर वलीले बताए ।

त्यसैगरी उनले राजश्व कार्यालय, घरेलुमा दर्ता भएकालाई तालिम दिने गरेको उनले बताए । त्यसैगरी राज्यले महिला उद्यमीहरुलाई ६ प्रतिशतमा ५ लाख सम्म कर्जा दिने भएकाले उल्लो उद्यमी महिलाहरुलाई दिएको समेत प्रमुख वलीले बताए ।

https://www.youtube.com/watch?v=yP6gjXiLqQs

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार