घोराही क्षेत्रमा प्रबेश गराईने पंक्षि माथी उच्च निगरानी

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन ३० गते शुक्रवार


घोराही, ३० फागुन , घोराही उपमहानगरपालिकाले पंक्षिजन्य बस्तुहरुको ओसारपसारमा उच्च निगरानी कायम गर्ने भएको छ । बर्डफ्लु रोग तथा अन्य रोग नियन्त्रण प्राविधिक समितिको बैठकले घोराही उपमहानगरपालिकाबाट बाहिरीने र भित्रिने पंक्षिजन्य बस्तुहरुको जाँचमा कडाई गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पंक्षिजन्य बस्तुहरुमा अहिले सम्म कुनै रोग नदेखिएको तर पनि उच्च सतर्कता भने अपनाउन कडाई गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिका भित्र प्रबेश हुने नाकाहरुमा पंक्षिजन्य उत्पादन तथा उत्पादनमा प्रयोग हुने सामाग्रीहरुको ओसारपसारमा निगरानी राखेर उच्च सतर्कता अपनाउने निर्णय भएको पशु स्वास्थ्य शाखा प्रमुख जिवराज पौडेलले बताए । साथै बैठकले नगर क्षेत्र भित्र प्रबेश गराईने पंक्षिजन्य बस्तुहरुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य भएको हुनुपर्ने तर्फ पनि व्यवसायीहरुलाई सचेत गराएको छ ।

बैठकमा सहभागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, कुखुरा व्यवसायी र मासु व्यवसायीका प्रतिनिधीहरुलाई नगर प्रमुख नरुलाल चौधरीले उच्च निगरानी सहित जाँचमा कडाई गर्न निर्देशक दिए । कुखुरा तथा मासु व्यवसायीहरुले दाङमा आबस्यक उत्पादन प्रयाप्त रहेको भन्दै आयात गर्नुपर्ने अबस्था नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार