तुलसीपुर ,दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको स्वास्थ्य जाँचका लागी २ स्थानमा हेल्प डेस्क स्थापना गरेको छ । भारतबाट आउने यात्रुहरुलाई लक्षित गरेर तुलसीपुर १३ को दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई लक्षित गरेर दाङको टरिगाउँ विमानस्थलमा हेल्प डेस्क स्थापना गरिएको उपमहानगरको जन स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले बताए ।
कोरोनाको आशंका हुने बित्तिकै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको आईसोलेसन वार्डमा राखिने समेत उनले बताए ।
आज विहान स्थापना भएदेखी बेलुका ५ बजे सम्म दुबै स्थानमा गरी करिब ७ सय जनाको स्वास्थ्य चेकजाँज गरेको उनले बताए । विहान ८ बजेदेखी बेलुका ८ बजे सम्म चेकजाँच हुने समेत उनले बताए । २ स्थानमा रहेको हेल्पडेक्समा २÷२ जना स्वास्थ्यकर्मीहरुले चेकजाँग गर्ने ब्यवस्था मिलाएको उनले बताए ।