
काठमाडौं , सुनको भाउ शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। विहीबार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो।
त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी पनि आज तोलामा ४० रुपैयाँ घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस