हिउँदे बर्षाले दाङमा ३ करोड ईट्टा नोक्सानी

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन ३० गते शुक्रवार


विकास डाँगी


तुलसीपुर , दाङमा यसपालि परेको पानिले दाङमा करोडौँ मूल्य बरावरको ईट्टामा क्षती पु¥याएको छ । विभिन्न समयमा भएको बर्षाका कारण करोड मूल्य बराबरको क्षती पु¥याएको ईट्टा ब्यवसायीहरुले जनाएका छन् । तुलसीपुर १८ विजौरीमा रहेको जय महालक्ष्मी ईट्टा उद्योगमा यस पटकको हिउँदे बर्षाले लाखौँ क्षती पु¥याएको उद्योगका ब्यबस्थापक रोशन वलीले बताए । विभिन्न समयमा भएको हिउँदे बर्षाको कारण करिब ३ लाख ईट्टामा क्षती पुगेको र करिब १७ लाख बराबरको नोक्सानी भएको उनले बताए ।


उनले भने,‘ ईट्टा साँचोबाट झर्ने वितिकै मजदुरलाई पैसा दिनु पर्छ, पानीले गर्दा हामीलाई धेरै नोक्सानी भयो । ’काचो ईट्टाको विमा पनि हुदैन्, राज्यबाट पनि हामीलाई केही सहयोग हुदैन् । त्यसैले ईट्टामा नोक्सानी भए मुल्य पनि बढ्छ । पहिले १३ रुपैयाँ प्रति पिस पर्ने ईट्टालाई प्रतिपिस १६ रुपैयामा बच्ने गरेको उनले बताए ।


त्यसैगरी अर्का तुलसीपुर १८ डाँडागाउँमा ईट्टा ब्यवसायी बालकृष्ण बुढामगरले यस हिउँदे बर्षाले करिब ३० लाख ईट्टा नोक्सानी हुदाँ ४० लाख बराबरको घाटा लागेको उनले बताए ।
मजदुरहरुले साँचोबाट ईट्टा खसाले प्रति पिसको हिसाबले पैसा दिनु पर्ने र त्यो ईट्टा पानी वा कुनै कारणले नोक्सानी भए आफैले ब्यहोरनु पर्ने उनले बताए । त्यसैगरी तुलसीपुर १९ बासगढीमा रहेको शिव ईट्टा उद्योगमा पनि यो हिउँदे पानीका कारण करिब १ करोड बराबरको क्षती भएको उद्योगका संचालनक शिव कुमार चौधरीले बताए ।


फायर गर्नको लागी तयारी अवस्थामा रहेको ईट्टा नोक्सानी भएको उनले बताए । एक पटक पानी पर्दा १५ लाख बराबर ईट्टा नोक्सानी भएको र यो मौसममा ४ पटक पानी पर्दा नोक्सानी ब्यर्होनु परेको उनले बताए । बर्षमा ७ महिना मात्र उद्योग संचालन हुने उनको भनाई छ । अन्य समय पानीले गर्दा उद्योग बन्द हुन्छ, उनले भने,‘ अहिले पानीले गर्दा छिट्टै नै बन्द होला जस्तो छ । ’ पानी परि रहन्छ, ईट्टा जति बनाएको सबै नोक्सानी हुन्छ ।

दाङमा मात्र यो हिउँदे बर्षाले ३ करोड ईट्टा नोक्सान भएको र प्रदेश ५ मा करिब १५ करोड ईट्टामा क्षती पुगेको दाङ देउखुरी ईट्टा ब्यवसायीका महासचिव एवं प्रदेश ५ का कोषाध्यक्ष प्रेमनाथ योगीले बताए । ईट्टाको विमा नहुदाँ पानीका कारण ब्यवसायीहरुले ठुलो क्षती ब्यर्होनु परेको उनले गुनासो गरे । सरकारसंग धेरै पटक विमामा लैजान माग गर्दा पनि कुनै सुनुवाई नभएको उनले बताए ।

https://www.youtube.com/watch?v=cEvsqEwU0hg&t=75s

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार