तुलसीपुर १३ दमारगाउँ र एयरर्पाेटमा कोरोना जाँचको लागी हेल्प डेक्स राखिदै

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २९ गते बिहिवार

तुलसीपुर, दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोना भाइरसको स्वास्थ्य जाँचका लागी २ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । भारतबाट आउने यात्रुहरुलाई लक्षित गरेर तुलसीपुर १३ को दमारगाउँ र विमान सेवा प्रयोग गर्ने यात्रुहरुलाई लक्षित गरेर दाङको टरिगाउँ विमानस्थलमा हेल्प डेस्क स्थापना गर्न लागेको उपमहानगरपालिकाका प्रवक्ता सुर्यवहादुर डाँगीले बताए ।

उपमहानगरपालिकाको कार्यपालिकाको ८१ औं बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले बताए । हेल्प डेस्कमा ज्वरो जाँच गर्ने थर्मल गन राखिने उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । कोरोनाको आशंका हुने बित्तिकै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको आइसोलेसन वार्डमा राखिने समेत उनले बताए ।

त्यसैगरी आवश्यकता अनुसार अन्य ठाउँमा पनि हेल्प डेस्क राखिने उनले बताए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले स्वास्थ्य प्रतिष्ठान तथा बिभिन्न निकायहरुको अनुगमन गर्ने तयारी गरेको छ । उपभोग्य बस्तुमा मिसावट,कृत्तिम अभाव र चर्को मूल्य बृद्धि र सेवा प्रभाबका सम्बन्धमा अनुगमन गर्ने तयारी गरेको हो । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको बिहीबार बसेको बैठकले प्रभाबकारि अनुगमनगर्ने निर्णय गरेको उपभोक्ता हित संरक्षण शाखाका अधिकृत रेवा रावतले बताईन् ।


स्वास्थ्य प्रतिष्ठानमा औषधिको मूल्यमा एकरुपता र स्वाथ्यबद्धक औषधिको बिक्रि बितरण,उपभोग्य बस्तु,बिभिन्न सेवा प्रदायक निकायको सेवा लगायतका बिषयमा अनुगमन गरिने छ । त्यस्तै नागरिकलाई संबिधानले ब्यबस्था गरेको उपभोक्ता अधिकारलाई आम नागरिकलाई जानकारी दिने र सुश्चित गर्ने उदेश्यले बिभिन्न १४ बढी स्थानमा उपभोक्ता अधिकार सम्बन्धि होडीङ वोर्ड राखिने भएको छ ।

आगामी मार्च १५ गते उपभोक्ता अधिकार दिवसको सन्र्दभमा परिसम्बाद कार्यक्रम सञ्चालन गर्ने र परिसम्बाद कार्यक्रममा समाबेशीताको आधारमा बिभिन्न सरोकारवाला पक्षको सहभागिता गराउने निर्णय गरिएको रावतले बताईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार