
कोहलपुर , बाँकेको कोहलपुरमा बस र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ।
भे१ख २१२९ नम्बरको बस र एउटा अटो आज बिहान ८ बजे कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडी ठोक्किएका हुन् ।दुर्घटनामा अन्य दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
मृत अटो चालकको पहिचान नखुलेको ट्राफिक प्रहरीले बताएको छ।घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस