तुलसीपुरमा ९६ प्रतिशत बालकालिकाले दादुरा रुवेला खोप लगाए

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २९ गते बिहिवार


विकास डाँगी

तुलसीपुर, यहि फागुन १६ देखी २६ गते सम्म संचालन भएको दादुरा रुवेला र पोलियो खुवाउने अभियानमा तुलसीपुर उपहानगरपालिकामा १४ हजार ३०८ अर्थात ९६ प्रतिशत बालबालिकाले दादुरा रुवेलाको खोप लगाएको उपहानगरको जन स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यसैगरी १६ हजार ६१८ जना बालबालिकाले पोलियो खाएको जन स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले बताए । दादुरा रुवेला खोप अभियान सफल गर्नको लागी प्रत्येक वडाले ९५ प्रतिशत लक्ष्य पुरा गर्नु पर्ने छ । तुलसीपुर उपमहानगरपालिकामा १४ हजार ९३६ लाई लगाउने लक्ष्य लिएको थियो । त्यसैगरी उपमहानगर भित्रका सबै वालवालिकाले खोप लगाएको वा नलगाएको बारे जानकारी लिनको लागी पनि स्वास्थ्यकर्मीहरु घरदैलो गरी सर्वेक्षण गर्ने समेत उनले बताए ।

दाङमा ७३ हजार ४ सय ८३ जना बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाईने भएको छ । दाङका १० स्थानिय तह मध्य पहिलो चरणमा दाङको बंगलाचुली गाउँपालिका, तुलसीपुर उपहानगरपालिका, बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा यो अभियान शुरु भएको थियो, भने दोस्रो चरणमा बिहीबार फागुन २९ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन हुन लागेको छ । दोस्रो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान संचालन हुन लागेको हो ।

दादुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईन्छ, भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाईन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार