तुलसीपुर , दाङमा एक ब्यक्तिले छोराको काजकिरिया बारीमा गरेका छन् । बबई गाउँपालिका २ निवासी २६ बर्सिया अरुण परिवारको क्यान्सर कारण यहि २७ गते मृत्यु भएपछि ७२ बर्षीय बुवा जोक बहादुर परियारले बबई ३ हंसपुरमा आफन्तको बारीमा बसेर काजकिरिया गरेको स्थानिय नेब बहादुर खड्काले बताए ।
जोक बहादुरको आफ्नो घर नभएको र अहिले पनि आफन्तको घरको बारदलीमा बस्दै आएकाले बारीमा पाल टाकेर किरिया गरेको खड्काले बताए । परियारका ३ छोरा मध्य कान्छा छोराको क्यान्सरका कारण मृत्यु भएको हो, उनले भने, बस्नलाई बास छैन्, उनीहरुको नाममा कतै पनि एक धुर जग्गा छैन् ।
’ अर्काको घरमा साहार लिएर बस्दै आएकाले कसरी उपचार गर्ने ? उपचार नपाएर नै अरुणको मृत्यु भएको हो । परियारका जेष्ठा छोरा विदेश र माइलो छोरा भारतमा छन् । जेष्ठा छोराका परिवार पनि अकैको घरमा बस्ने गरको छन् ।
अरुण चौपारीमा मृत अवस्था भेटिएका स्थानिय खड्काले बताए । परियारको उपचारको लागी कतैबाट सहयोग भएको थिएन्, बबई गाउँपालिका वडा नम्बर २ ले आर्थिक सहयोगको लागी कागज बनाई दिएको थियो । काजकिरिया र दाहासंस्कार गर्नको लागी खड्का र अर्का स्थानिय टोपेन्द्र थापाले आर्थिक सहयोग गरेको खड्काले बताए ।