छोराको जन्मदिनमा बाबुद्धारा रक्तदान

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २८ गते बुधवार


तुलसीपुर, तुलसीपुरमा एक ब्यक्तिले छोराको जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । तुलसीपुर ११ कटाह निवासी रोमहर्ष केसीले आफ्नो छोरा यमराज केसीको जन्मदिनको अवसरमा मंगलवार रक्त संचार केन्द्र तुलसीपुरमा रक्तदान गरेका हुन् ।

छोरा यमराज २ बर्ष पुगी ३ बर्षमा लागेको हुनाले तामझम नगरिकन रक्तदान गरेर नै मनाएको उनले बताए । पछिल्लो समय जन्मदिन निकै तामझामका साथ मनाउने गरेको भएता पनि आफुले त्यसो नगरि छोराको जन्मदिनमा दान गरेको रगतले कसैको जीवन बच्न सक्ने भएकाले रक्तदान गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार