![](https://onlinerapti.com/wp-content/uploads/2020/03/87768668_858424267993358_414675793893916672_n-1024x473.jpg)
तुलसीपुर, आदर्श एकाडेमी तुलसीपुर दाङले बुधवार निशुल्क मास्क वितरण गरेको छ । कोरोना भाइरसबाट बच्नको लागी अभिभावक, विद्यालयका विद्यार्थी, शिक्षकहरले वितरण गरेका विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सीपल लक्ष्मण रेग्मीको अध्यक्षता एवं तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नबराज लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले कोरोना भाइरसबाट त्रास नभई सुरक्षित अपनाउनु पर्ने बताए । उनले नेपालमा अहिले पनि कसैलाई यो रोगको संक्रमण नदेखिएकाले आम नागरिकहरु त्रास हुनु पर्ने अवस्था नरहेको बताए ।
![](https://onlinerapti.com/wp-content/uploads/2020/03/89140768_202491647765363_8537565239716085760_n-1024x473.jpg)
उनले भने,‘ हामी अहिले नै त्रास बन्न अवस्था छैन, संसारका धेरै देशहरुमा यो रोगको संक्रमण देखिएकाले हामी सचेत हुन जरुरी छ । ’ त्यसैगरी वडाध्यक्ष लामिछानेले तुलसीपुर उपमहानगरले पनि कोरोना भाइरसबाट बच्नको लागी उपमहानर भित्र कुनै पनि सार्बजनिक कार्यक्रमहरु गर्न नदिएको र तुलसीपुर उपमहानरपालिका भित्रमा २ स्थानमा हेल्पडेस्क राख्न लागेको समेत बताए । विद्यालय संचालक समिती सदस्य प्रतिक रेग्मीको सहयोगमा मास्क वितरण गरिएको हो ।