अम्बिकेश्वरी राप्ती यातायात प्रालिको प्रथम साधारणसभा सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २४ गते शनिवार

तुलसीपुर , दाङमा रहेको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिको प्रथम साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । प्रालिको पहिलो साधारणसभामा बोल्दै प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार सुरेश हमालले यातायात क्षेत्र विगार्ने र सपार्ने स्वयम यातायात व्यवसायीहरुनै भएको बताउंदै सबैभन्दा पहिले आफु सच्चिन आग्रह गरे ।

‘जिल्लाको सार्वजनिक यातायात क्षेत्रलाई कस्तो बनाउने भन्ने तपाई हामी ड्यासमा बसेकाहरुको हातमा छ, हामीले स्वतन्त्र रुपमा प्रण गर्यौ भने मात्रै यात्रुमैत्री यातायातसेवाको परीकल्पना पुरा हुन सक्छ, उनले भने । यद्यपि वर्तमान सरकार भने अझैपनि यातायात व्यवसायीहरुका माग सम्बोधन गर्ने पक्षमा नरहेको उनको भनाई थियो । ‘यो सरकार यातायात व्यवसायीका समस्या नसुन्ने, नबोल्ने र नदेख्ने सरकार हो, हामीले बोलेर मात्रै के गर्ने उनले भने , ‘यहिं पनि स्थानीय सरकारका प्रतिनिधि, स्थानिय प्रशासनका प्रतिनिधिहरु हामीले बोल्न नपाउंदै आफैले पहिले बोलेर भाग्ने प्रवृत्ति हावी छ ।’

वर्तमान सरकारसँग पछिल्लो समयमा यातायात प्राधिकरण चाँडै गठनगर्ने सवालमा यातायात व्यवसायीहरुका तर्फबाट लविङ भैरहेको बताउंदै प्रमुख अतिथि हमालले यातायात क्षेत्रमा जाने बुझेका व्यक्तिहरु मात्र प्रवेश गर्नुपर्ने नीति सरकारले ल्याउनुपर्ने बताए ।

त्यसैगरी उनले यात्रुमैत्री यातायातकालागी सबैभन्दा बढि खाना खुवाउने स्थानमा समेत विशेष ध्यान दिन चालकहरुलार्इ ूआग्रह गरे । ‘कृपया भत्ता पुगेन भने मालिकहरुलाई भन्नुस्, नपाएको अवस्थामा चावि बुझाएर जानुस् तर मध्यरातमा एउटा मात्र होटल भएको स्थानमा यात्रुहरुलाई बासी भात खुवाई दुई हजार रुपैया कमिशन लिएर हामी व्यवसायीहरुको शिर निहुर्याउने काम बन्द गरीदिनुस्’ उनले भने ।

उनले यात्रुहरुलार्इ खाना खुवाउंदा बढिमा रातको ९ बजे कम्तिमा पनि २ वटा होटल भएको स्थानमा रोक्नुपर्ने पनि सुझाव दिए । त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले तुलसीपुर बसपार्क आफ्नै वडामा पर्ने भएकाले पनि यात्रुमैत्री र सुविधा सम्पन्न बसपार्क निर्माणका लागी आफुले भुमिका खेल्ने बताए ।

‘के थियो, तुलसीपुर बसपार्क मुलुककै उत्कृष्ठ बन्नुपर्ने आधार नगर विकास कोषप्रति व्यंग गर्दै वडाध्यक्ष शाहले भने, तुलसीपुर बसपार्क व्यवस्थित बन्न धेरै पुर्वाधार निर्माण हुन अझैपनि बाँकी छन् । साथै उनले व्यवसायीहरुलाई वडाले अघि सारेको हर्न निषेधित अभियानलाई सहज रुपमा अवलम्वन गरिदिन यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

प्रालिका अध्यक्ष ज्ञान वहादुर बस्नेतको अध्यक्षतामा भएको सहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र केसी, रिर्पोटर्स क्लवका अध्यक्ष शरद रेग्मी, पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मा, नेपाल यातायात मज्दुर संघका अध्यक्ष पदम वली, एभरेष्ट ईन्सुरेन्सका डा . लोकराज पराजुली, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष केशव बहादुर भण्डारी, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

त्यसैगरी प्रालिको पहिलो साधारणसभाको अवसरमा सर्वोत्त्कृष्ठ कर्मचारी अमर केसीलार्इ पुरस्कृत गरिएको छ । त्यसैगरी कुसल कर्मचारीका रुपमा राजन डांगी, माधव सुवेदी, सन्तोष श्रेष्ठ, रोहित न्यौपाने, विरेन्द्र जिसी, निरज कार्कि, अनन्त कुमार रजौरे, डिल्ली वहादुर वली, यम वहादुर डांगी र मेघ वहादुर हमाललार्इ पुरस्कृत गरिएको हो ।

त्यसैगरी बर्षभरीमा एउटा पनि दुर्घटना नगराएका उत्कृष्ठ चालकहरुमध्येबाट ५ जना चालकलार्इ पनि नगद पुरस्कार सहित सम्मान गरिएको छ । पुरस्कृत हुनेहरुमा विरु कवँर, डिल्ली सुनार, गन वहादुर जिसी, रेग वहादुर डांगी र श्रीराम चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार