तुलसीपुरमा शनिवार सम्म करिब १४ हजार बालबालिकाले खोप लगाए

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २४ गते शनिवार

तुलसीपुर, यहि फागुन १६ देखी २६ गते सम्म संचालन भएको दादुरा रुवेला र पोलियो खुवाउने अभियानको शनिवार ९ औं दिन तुलसीपुर उपहानगरपालिकामा १३ हजार ८६७ अर्थात ९२.८४ प्रतिशत बालबालिकाले दादुरा रुवेलाको खोप लगाएको उपहानगरको जन स्वास्थ्य महाशाखाले जनाएको छ ।

त्यसैगरी १६ हजार ८५ जना बालबालिकाले पोलियो खाएको जन स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरिक्षक विमल केसीले बताए । त्यसैगरी आइतबार मानपुर स्वास्थ्य चौकी , विजौरी स्वास्थ्य चौकी र उरहरीको सुकौरामा खोप केन्द्र रहेको र त्यहाँबाट खोप लगाईने ब्यवस्था भएको उनले बताए ।

दाङमा दादुरा रुवेला खोप अभियान सफल गर्नको लागी प्रत्येक वडाले ९५ प्रतिशत लक्ष्य पुरा गर्नु पर्ने छ । दाङमा ७३ हजार ४ सय ८३ जना बालबालिकालाई दादुरा बिरुद्धको खोप लगाईने भएको छ । दाङका १० स्थानिय तह मध्य पहिलो चरणमा दाङको बंगलाचुली गाउँपालिका, तुलसीपुर उपहानगरपालिका, बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा यो अभियान शुरु भएको जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

त्यसै गरी दाङमा दोस्रो चरणमा फागुन २९ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गरिने छ । दोस्रो चरणमा घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा खोप अभियान संचालन हुन लागेको हो ।

दादुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई लगाईन्छ, भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाईन्छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार