अस्पतालमा सहायता कक्ष, मेडिकल मास्क अभाव

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २३ गते शुक्रवार


तुलसीपुर, दाङमा कोराना भाइरसको संक्रमणबाट जोगिनको लागी उच्च सतर्कता अपनाएको छ । यहाँका स्थानियतह देखी जिल्ला प्रशासन कार्यालयहरुले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जिल्लामा हुने सभा, सम्मेलनमा रोक लगाउने निर्णयसंगै स्थानिय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।


जिल्ला प्रसासन कार्यालय दाङले जिल्लामा हुने ठुला सभा सम्मेलन र भेला जुलुस नगर्न सार्बजनिक रुपमा अपिल गरेको छ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसुलेसन कक्षको स्थापना गरिएको अस्पतालले जनाएका छन् । ाप्ती प्रादेशिक अस्पतालमा ३ बेडको कक्ष स्थापना भएको अस्पातालका प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर प्रताप पोख्रेलले बताए ।

अहिले सम्म दाङमा कोरोना भाइरसको संक्रमण नदेखिएको भएता पनि त्यसको लागी आफुहरु सहज भएको उनले बताए । त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमितको उपचारका लागि १० बेडको आईसुलेसन कक्ष स्थापना गरेको अस्पतालले जनाएको छ । त्यसैगरी नेपाल–भारत सीमा क्षेत्रअन्र्तगत पर्ने दाङको कोइलावास नाकामा कोरोना भाइरस जाँच गर्नको लागी हेल्प डेस्क स्थापना गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको सहयोगमा हेल्पडेस्क स्थापना गरिएको हो । भारतीय भुमि हुदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच गर्ने उदेश्यले हेल्पडेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताईन् ।

विभिन्न सिलसिलामा भारत पुगेका नेपाली र भारतबाट नेपाल आउँने भारतीय नागरिकको स्वास्थ्य जाँच गरेमा मात्र नेपाल प्रवेश गर्न दिने कार्यालयले जनाएको छ । यता दाङमा मेडिककलको मास्क अभाव भएको छ । कोरोना भाइरसका कारण माक्सको माग ह्वात्तै बढेपछि बजारमा यसको अभाव देखिएको हो ।

त्यसैगरी शान्तिनगर गाउँपालिकाले कुनै पनि सभा, सम्मेलन, गोष्ठि र कार्यक्रम नगर्न आग्रह गरेको छ । संभावित कोरोना भाइरसको जोखिमबाट बच्न गाउँपालिकाले यस्तो आग्रह गरेको हो ।गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतामा बसेको ११२ औं कार्यपालिका बैठकले नागरिकलाई स्वास्थ्यको जोखिमबाट बचाउन यस्तो निर्णय गरेको हो । गाउँपालिकाले अत्यावश्क काम बाहयक भिडभाडाम नजान र जाँदा माक्सको प्रयोग गरेर मात्र जान गाउँपालिकाबासीमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार