तत्काल विद्यालय बन्द गर्न सांसदको माग

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २३ गते शुक्रवार

काठमाडौं, २३ फागुन । सांसदहरुले बिश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएको बेला बिना कुनै तयारी संसद बैठक संचालन भएको भन्दै बैठक स्थगित गर्न माग गरेका छन ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकको सुन्य समयमा सांसद प्रदिप यादवले विश्वभरी कोरोना भाइरसको सन्त्रास फैलिएका बेला बिना कुनै तयारी सञ्चालन हुने संसद बैठक स्थगित गर्न माग गरिन्। उनले सरकारले सभा सम्मेलन र बढी मान्छे सहभागि हुने कार्यक्रम नगर्न सूचना जारी गरेपनि २ सय ७५ जना सांसद एकै ठाउँमा सहभागि हुने बैठकमा कुनै हेल्थ डेस्क समेत नभएको भन्दै बैठक स्थगित गर्न माग गरे ।

सांसद पुष्पा भूसालले जिल्ला प्रशासन कार्यालयले भिडभाडमा नजानु, धेरै मान्छे जम्मा हुने कार्यक्रम नगर्नु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय बन्द नगर्नु भनेर सूचना निकालकोप्रति आपत्ति जनाईन् । उनले प्रशासनले भिडभाडमा नजानु भनेर परिपत्र गर्दा पनि सरकारले ५ गतेसम्म विद्यालय निर्वाध रुपमा सञ्चालन गर्नु भनेकाले लाखौँ बालकालिकाहरु जोखिमको यात्रा गर्न बाध्य भएको बताईन् ।सांसद भुषालले तत्काल बिद्यालयहरु बन्द गर्न समेत माग गरिन् । सुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि कोरोना भाइरसबारे सतर्ककता अपनाउन सरकारलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार