
तुलसीपुर , २२ फाल्गुण : वडा कार्यालय सार्न नहुने भन्दै स्थानीयले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेका छन् । हाल रहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ रक्षाचौर मजुवाबाट बनहरीमा कार्यालय सार्न लागेको बिरोधमा स्थानियले फागुण १७ गते तालाबन्दी गरिदिएका हुन ।
तालाबन्दीका कारण दैनिक कामकाज ठप्प भएको छ । वडा कार्यालय सार्न नहुने पक्षका संघर्ष समितिका संयोजक ढुण्डीराज खनालले वडा कार्यालय सार्ने विषयमा भई रहेको बिरोधमा उत्रिएका स्थानियहरुले तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयमा जानकारी गराएको बताए गत शुक्रबार उपमहानगरपालिकामा गएको र वडाध्यक्ष बालकृष्ण राणा र नगरप्रमुख घनश्याम पाण्डेले वडामै आएर छलफल गर्ने भनि आश्वसन दिएको बताए ।

तर आज सम्म नआएको उनले बताए । वडा कार्यालय बनहरीमा सार्ने निर्णयलाई तत्काल स्थगित गर्नु पर्ने स्थानीयहरुको माग रहेको उनले बताए । कार्यालय सञ्चालन गरिएका भौतिक संरचनालाई खालि गर्ने र अर्को स्थानमा सारी नँया संरचना बनाउदा बित्तीय खर्च र झण्झटिलो हुने उनको भनाई छ ।
वडा नम्वर ४ मुलकोट निबासी एवं (नेकपा)का स्थानिय नेता भुप बहादुर पुनले भौगोलिक दृष्टिको कारण सबैलाई पाएक पर्ने स्थानमा वडा कार्यालय हुनु पर्ने बताए । विकट र टाढाका नागरिकहरुको सहज पहुँच हालकै स्थानमा भएकालेपनि वडा कार्यालय सार्ने नहुने उनले बताए । तर ब्यक्ति बिशेषको स्वार्थको लागी वडा कार्यालय सार्न लागेको बताए । स्थानिय मनसरा वलीले बनहरीमा वडा कार्यालय सार्ने निर्णय नागरिकको हितमा नभएको बताए ।
अहिले सार्ने भने ठाउँ सम्म वडा कार्यालयको सेवा लिन जादा लागी यातायातको समस्या हुने वलीले बताईन् । यता वडा समितीले वडा कार्यालय सार्ने निर्णय गर्दैमा तत्काल वडा नसर्ने तुलसीपुर उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख एवं प्रबक्ता सुर्य बहादुर डाँगीले बताए । त्यसैगरी उनले वडामा ताला लगाई हाल्नु पर्ने अवस्था नभएको समेत बताए ।
त्यसैगरी उनले स्थानिय सरकार संचालन ऐन अनुसार वडा समितीले सार्ने निर्णय गरेपनि नगरसभाको दुई तिहाई बहुमतले पास गर्नु पर्ने भएकाले पनि त्यो अहिले नै नसर्ने उनको भनाई छ ।
त्यसैगरी प्रवक्ता डाँगीले वडा कार्यालयलाई चाहिने भौतिक संरचना, जमिन, शान्ति सुरक्षा र सबैलाई उपयुक्त भएमात्र वडा कार्यालय सार्न सकिने भन्दै वडा समितीको निर्णयले वडा कार्यालय नसर्ने र भोली विहान सम्बन्धित पक्षसंग छलफल गरी ताला खोल्न सहज बातारण गर्न पहल गर्ने उनले बताए । यस बारेमा जानकारी लिन खोज्दा वडाध्यक्ष बालकृष्णा रानाले कुनै पनि प्रतिक्रिया दिन मानेन् ।