तुलसीपुर ६ ले लागु पदार्थ दुब्यर्सनी , मापसे नियन्त्रण गर्न घरदैलो अभियान गर्दै

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २२ गते बिहिवार

तुलसीपुर , तुलसीपुर उपहानगरपालिका वडा न. ६ ले वडामा लागु पदार्थ दुब्यर्सनी तथा मापसे नियन्त्रण गर्नको लागी विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको छ । वडाले वडाका विभिन्न स्थानहरुमा केही समय अगाडी सचेतना मुलक दुब्र्यसनी सम्बन्धी सड्क नाटक देखाएको थियो, भने फेरी घरदैलो अभियान शुरु गरेको वडा कार्यालयले जनाएको छ ।

समाजलाई परिर्वतन गर्नको लागी समाजमा देखिएका नराम्रा कुराहरुलाई जनचेतना गरी ब्यवहार र बानी परिवर्तन गर्नको लागी यो अभियान वडाले संचालन गरेको वडाध्यक्ष नवराज लामिछानेले बताए । उनले भने,‘ लागु पदार्थ दुब्र्यसनीले समाज र ब्यक्तिलाई नै असर गरेको हुन्छ । अब त्यसका लागी बसै लाग्नु पर्दछ । यो हामीले संचालन गरेको अभियानले पक्किै पनि सार्थकता पाउँने छ ।

’ त्यसैगरी उनले यो अभियानमा सबै समुदायका मानिसहरुले सहयोग गर्नु पर्ने र यस्ता सचेतना मुलक कार्यक्रमहरु वडाले आगामी दिनहरुमा गर्दै जाने समेत बताए । त्यसैगरी उनले अब तुलसीपुरको हात्तिखौवा चोकलाई हात्ति चोकमा रुपान्तरण गर्नको लागी वडाले सोचेको भन्दै अबको केही समयमा हात्तिको मुक्ति सहित चोक बनाउने समेत बताए ।

वडाले संचालन गरेको कार्यक्रममा सामुदायिक प्रहरी वडा समिती ६ र टोल विकास संस्था, आमा समुहले सहयोग गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=DAAfupGoMnA

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार