
तुलसीपुर , जिल्ला प्रशासन कार्यालय दाङले अत्याबश्यक अबस्था बाहेक कुनै पनि मेला र भेला तत्काललाई नगर्नु नगराउन आग्रह गरेको छ । कोरोना भाईरसको रोकथाम, नियन्त्रण र सजगताको लागि सतर्कता अपनाउन मेला, भेला, सभा, सम्मेलन र महोत्सव जस्ता कार्यक्रम नगन नगराउन आग्रह गरिएको हो । प्रशासनले बुधबार सुचना जारी गरी ठुलो संख्यामा मानिसहरुको जमघट हुने कार्य तत्कालका लागि नगर्नुु नगराउनु हुनमा अनुरोध गरेको छ ।
त्यसैगरी तुलसीपुर उपहानगरपालिकाले पनि तुलसीपुर कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको भन्दै सार्वजनिक कार्यक्रम नगर्न अपिल गरेको । उपमहानगरपालिकाले कुनै पनि सार्वजनिक कार्यक्रमका लागी अनुमतिमा रोक समेत लगाइएको जनाएको छ । बुधवार उपमहानगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गदै यस्तो जानकारी गराएको छ ।
भाइरसको संक्रमणले विश्वभर ठूलो मात्रामा मानवीय क्षतिका साथै मानिसको स्वास्थ्यमा गम्भिर असर समेत भएकाले यसबाट जोगिनका लागि सबैले पूर्व तयारी गर्नु आवश्यक छ ।’विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यवाहक नगरप्रमुख श्याम डाँगीद्धारा जारी गरिएको विज्ञप्तीमा सार्वजनिक ठाउँमा भेला हुने, सभा सम्मेलन र महोत्सव गर्ने लगाएतका काम तत्कालका लागि नगर्नु र नगराउनुहुन अनुरोध समेत गरिएको छ । उपमहानगरपालिको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गरेर श्रमिक महिला दिवस लगाएत आयोजना गर्न लागेका सबै कार्यक्रमहरु पनि अर्को सूचना नआउँदा सम्मका लागि स्थगीत गरिएको समेत विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी बबई गाउँपालिकाले पनि २० भन्दा बढि मानिसहरुको जमगढ हुने कार्यक्रम गर्न आग्रह गरेको छ । गाउँपालिकाले बुधवार एक प्रेस विज्ञप्ती जारी गरी कार्यलयको बिनियोजित बजेटबाट संचालन हुने कार्यक्रमहरु, गाउँघरमा हुने विवाह, पार्टी जस्ता जमघट हुने कार्यक्रम पनि नगर्न गाउँपालिकाका प्रवक्ता टंकराज विश्वकर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
