दाङ, २१ फागुन । दुई दिन देखिको थरुहट राष्ट्रिय मोर्चाले घोषणा गरेको आमहडतालले दाङको जनजीवन प्रभावित बनेको छ । दाङल लगाएत केहि जिल्लाहरु दुई दिनदेखि ठप्प भएका छ्न ।
बुधवार पनि दाङमा बिहानैदेखि यसको प्रभाव देखिएको छ । बजार क्षेत्रमा फाट्टफुट्ट साना सवारीका साधन चले पनि दाङका बजार, कलकारखाना ,उद्योग धन्दा ,ब्यापार ब्यबसाय,शिक्षण सस्था लगायत सवारी तथा यातायातका साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
अति आवश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधन मात्रै सञ्चालनमा रहेको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले हिजो र आज आम हडतालको घोषणा गरेको हो । गत पुस २२ गते सरकारसँग १४ बुदे माग राखेको थियो । उनीहरुले आफनो माग सम्बोधन गर्न पुस मसान्तसम्मको अल्तिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो ।
तर सरकारले आफ्नो मागप्रति कुनै सुनुवाई नगरेको भन्दै थरुहट राष्ट्रिय मोर्चाले आम हड्तालको घोषणा गरेको हो । मोर्चाले आफ्नो माग पुरा गर्नका लागि दबाव स्वरुप आन्दोलन गरेको बताएको छ ।