घोराही १४ मा प्याड बनाउन तालिम सुरु

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २० गते मङ्गलवार

घोराही, फागुन २० । घोराही उप–महानगरपालिका वडा नम्बर १४ मा प्याड बनाउन तालिम सुरु गरिएको छ । वडा स्तरिय सक्षम आमा समुहको आयोजनामा १५ दिने तालिम सुरु गरिएको हो । तालिम उद्घाटनमा बोल्ने सहभागिहरुले सिप सिकेर व्यावसायी बन्ने उदेश्यले तालिममा सहभागि भएको बताएका थिए ।

तालिम उद्घाटन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले व्याड निर्माण गर्दा महिलाको स्वास्थ्यमा सुधार आउने बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डाँगीले प्याड निर्माणसंगै यसको सहि प्रयोग र ब्यवस्थापनामा ध्यान दिनु पर्ने बताए। वडा भर हाल सात सय बेरोजगार रहेको भन्दै सबैलाई स्वरोजगार बनाउन तालिमकोे व्यवस्थापन गरेको उनले बताए।

उनले अब वडा स्तरमा उत्पादित हरेक बस्तुको साझा विक्रि केन्द्र स्थापनागरी सोही ठाउँबाट विक्री गरिने बताए । वडा स्तरिय सक्षम आमा समुहका अध्यक्ष देवा सेनाको अध्यक्ष भएको कार्यक्रममा सल्लाहकार दिलकुमारी बुढा लगाएतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । आमा सुमहका कोषाध्यक्ष मनकुमारी पुनको अध्यक्षता भएको कार्यक्रमको संचालन भिमकुमारी पुनले गरेकि थिईन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार