तुलसीपुर, पश्चिम दाङको शान्तिनगर ३ महादेव चौतारीबाट १ लाख बढि नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन् । दाङको शान्तिनगर गाउँपालिका ३ महादेव चौतारी बस्ने ४० बर्षीय शुक बहादुर बुढाको घरमा सोमबार राती साढे ११ बजेतिर प्रहरीले छापा मारी ७ जना जुवाडे र १ लाख १६५०० रुपैयाँ नगद सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बुढाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले बताए ।
पक्राउ पर्नेहरुमा महादेव चौतारी बस्ने घर मालिक बुढा सहित सोहि ठाउँ बस्ने ३८ बर्षिया भिम बहादुर कडेँल, २६ वर्षिय मिन बहादुर घिमिरे, ४६ वर्षिय चेतानन्द बस्नेत, ३२ बसन्त थापा, ३० वर्षिय यमबहादुर केसी र तुलसीपुर ८ बस्ने ३८ वर्षिय प्रेम बिक रहेका छन् । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।