घोराही, घोराही उपमहानगरपालिकाले ८ जनालाई ढुंगाबाट मूर्ती सहितका आकृती कुद्ने तालिम दिएको छ । घोराही उपमहामनगर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल हस्तकला महासंघको सहयोग एवं दाङ हस्तकला संघको आयोजनामा ८ जनालाई एक महिने प्रस्तर अर्थात ढुंगा कुदेर आकृती निकाल्ने तालिम दिएको हो ।
अमृत कार्की प्रशिक्षक रहेका तालिममा घोराही उपमहानगरका विभिन्न वडाका ८ जना व्यक्तिहरु तालिममा सहभागि भएका थिए । एक महिनाको अबधीमा प्रशिक्षार्थीहरुले विभिन्न भगवानका मूर्ती सँगै अन्य बस्तुहरुको आकृती दिने बस्तुहरु तयार पारेका छन् ।
दाङ हस्तकला संघका अध्यक्ष अशोककुमार थारुको अध्यक्षतामा भएको तालिम समापनमा बोल्दै नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले सिपलाई अब व्यवसाय सँग जोड्न आग्रह गरिन् ।
ढुंगा कुदेर आकृती निकाल्नु चुनौतीपूर्ण भए पनि अब त्यसलाई आर्थीक आर्जन सँग जोड्ने गरी अघि बढ्न सुझाब दिईन् ।कार्यक्रममा उपमहानगरको पर्यटन तथा संस्कृती प्रबद्र्धन शाखा प्रमुख बालकृष्ण खनाल, प्रशिक्षक अमृत कार्की र सहभागि उषा रोकाले कलाको महत्व र अबसरका बारेमा धारणा राखेका थिए ।