प्रचण्डमाथि जुत्ता प्रहार प्रकरण : एसएसपीको संयोजकत्वमा छानबिन समिति गठन

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन १९ गते सोमवार


काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार प्रकरणको अनुसन्धानका लागि एसएसपी सहकुल थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी थापाको नेतृत्वमा परिसर काठमाडौंका डीएसपी होविन्द्र वोगटी सदस्य छन् । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीको आदेशमा गठन भएको समितिले घटनाको अनुसन्धान गर्नेछ । रतनविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताइएको छ ।

आइतबार तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सहभागी भएका दाहाललाई लक्षित गरी रतन तिरुवाले राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका थिए । रतनले प्रहार गरेको जुत्ता भने प्रचण्डलाई लागेको थिएन ।

दाहालले जनयुद्धकालीन समयमा गरेका कुरा र अहिले गरेको व्यवहार चित्त नबुझेको भन्दै रतनले जुत्ता प्रहार गरेको प्रहरीलाई बयान दिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार