

झग्गु भण्डारी हापुरे १७ चैत । बबई गाउँपालिका ५ हापुरे पदमपुर सामुदायिक वन नजिकैको एक घर आगलागी भएको छ ।
बबई ५ हापुरे निवासी मंगता कामीको एकछाने घरमा आगो लागेको हो । मध्यान्नको समयमा लागेको आगलागीलाई दिउसो ३ बजेतिर प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यलय हापुरेका प्रहरी नायव निरिक्षक देबराज वलीले जानकारी दिनुभएको छ ।

आगलागीबाट १ लाख २५ हजारको अन्न पात तथा एक छाने घर पुर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा मानविय क्षति नभएको ईलाका प्रहरी कार्यलय हापुरेले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस