• २०७७ कार्तिक १३ गते बिहिवार

कोरनाको संकटबाट बच्न उपकुलपति भण्डारी दाङबाट भागिन

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र १३ गते बिहिवार

तुलसीपुर, चैत, १३ । पाँच जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारी सरकारले गरेको व्यवस्थालाई लत्याउँदै आफै विरामीको स्वाब लिएर काठमान्डौं हिड्नु भएको छ । जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का व्यक्तिको नमुना संकलन गरि उहाँ एकाविहानै काठमान्डौं हिडेको बताईएको छ ।

संकलिन नमुना काठमान्डौं लैजान कसैले नमान्नु तथा कुनैपनि व्यवस्था नभएका कारण आफै लिएर हिडेको भण्डारीले भण्डारीले बताउँनु भएको छ।

स्रोतका अनुसार संगिता भण्डारी स्वाब लगेर आफै जाने नाममा लकडाउनको अबधी भरी काठमाण्डौ बस्ने गरी दाङ छोडेको बताईएको छ । संकटको वेला अफिस नछोड्न अस्पताल कर्मचारीलाई सरकारले आह्वान गरेको वेला भण्डारी दाङ छोडी भागेको सरोकारवालाहरुले बताई रहेका छन् ।

घोराहीका युवालाई अघिल्लो हप्ताको शुक्रवार नै ज्वरो, रुघा जस्ता लक्षणहरु देखिएपछि प्रतिष्ठानको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दुई हप्ता पुग्नै लाग्दा समेत रिपोर्ट नआएपछि विरामी तथा आफन्त प्रतिष्ठान प्रति असन्तुष्ट बनेका छन् ।

भारतवाट आएका दाङको गढवा गाउँपालिकाका एक व्यक्तिलाई बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार हुँदै आएको छ । दाङको गढवा गाउँपालिका नेपाल भारतको सीमाना नाका हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सरोकार राख्ने घोराहीबाट प्रकाशन हुने राप्तिपोष्ट दैनिकका सम्पादक शरद अधिकारीले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेख्नु भएको छ – जनतामारा नेतृत्वको नाटक हेर्दा र सुन्दा वाक्क लागिसक्यो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान कि उपकुलपतिको कुरा सुन्दा अचम्म लाग्छ । उनी यस्ता कुरा गर्न माहिर छिन ।

सम्पादक अधिकारीले आफुले आफैलाई गोलि हानेर अरुका हातमा बन्दुक फाल्न सक्ने अद्भुत कला छ उपकुलपति भण्डारीमा भएको उल्लेख गर्नु भएको छ । सम्पादक अधिकारी अगाडी लेख्नु हुन्छ – कोरोनाको परिक्षण गर्नका लागि नमुना काठमाडौ पठाउदा पश्चिम क्षेत्रबाट नेपालगन्जमा पुराउने र नेपालगन्जबाट प्लेनमा काठमाडौं लग्ने व्यबस्था सरकारले मिलाएको छ। तर प्रतिष्ठानकि म्यामले एम्वुलेन्सले लग्न नमानेकाले आफै जानुपर्ने अवस्था आयो भनेर प्रचार गर्छिन ।

प्रदेश सरकारले प्रादेशिक अस्पतालको समन्वयमा बेलझुण्डिमा आईसोलेसन अस्पताल खोलेपछि प्रतिष्ठानकि म्याम छटपटाएकि हुन । अस्तिसम्म बजेट छैन भनेर कोको होलो गर्दैछिन । जहाँ एउटा फिजिसिएन छैन त्यहा नौ करोडको मेसिन किन्ने पैसा हुन्छ रु सम्पादक अधिकारीले सामाजिक सञ्जाल मार्फत प्रश्न गर्नु भएको छ । पहिले प्रतिष्ठान सुधार गर्ने हो भने नेतृत्वको नियत सुधार्नुपर्छ । होईन भने दाङबासिले दुख झेल्नुको बिकल्प छैन भनि उपकुलपति भण्डारीको दाङ छोडेर भागेको प्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार