• २०७७ मङ्सिर ९ गते मङ्गलवार

कुईरेपानीमा यात्रुहरुको स्वास्थ्य जाँच

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ८ गते शनिवार


घोराही, ८ चैत्र : घोराही उपमहानगरपालिकाले बजार प्रबेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुहरुको स्वास्थ्य जाँच सुरु गरेको छ । नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको उपस्थितीमा उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आजबाट कुइरेपानीमा यात्रुहरुको स्वास्थ्य जाँच सुरु गरेको हो ।

कोरोना भाईरसको संक्रमण भित्रन नदिनका लागि बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिए। शनिवार करिब २ सय गाडीका यात्रुहरुको ज्वरो मापन र अन्य स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिईएको छ ।

जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको रेग्मीको भनाई छ । सहायक कक्षबाट स्वास्थ्यकर्मीहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि सजकता अपनाउने र भिडभाड तथा अति आबस्यक काम बाहेक बाहिर हिडडुल नगर्न परामर्श दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार