• २०७७ फाल्गुन १५ गते शनिवार

चट्याङ लागेर गुल्मीमा एकजनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ८ गते शनिवार

गुल्मी , गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेककी ३७ वर्षीय होमकला श्रीसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  घरमा बसिरहेको बेला शुक्रबार राति आठबजे हावाहुरीसँगै आएको चट्याङले उनलाई घाइते बनाएको थियो।

घाइते श्रीसको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजजकुमार रावलले जानकारी दिए। शवलाई पाल्पामै पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। 

घाइतेको परिवारलाई तत्काल राहतका लागि १० हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए। अन्य अवस्था हेरी विपदका बेलामा गाउँपालिका साथमा रहेको पनि ढकालले जानकारी गराए। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार