• २०७७ कार्तिक ६ गते बिहिवार

घोराही क्षेत्र प्रबेश गर्नेहरुको अनिवार्य स्वास्थ्य जाँच

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ६ गते बिहिवार

घोराही , घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण भित्रिन नदिनका लागि नगरको प्रबेश क्षेत्रमा डाक्टर सहितको स्वास्थ्यकर्मी टोली खटाउने भएको छ । उपमहानगरपालिकाले कुइरेपानीमा डा. सुवर्ण बुढामगर सहित स्वास्थ्यकर्मीलाई खटाई घोराही प्रबेश गर्ने नागरिकहरुको ज्वरो सँगै अन्य स्वास्थ्य अबस्थाका बारेमा जाँच गर्ने शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

यसैगरी, नारायणपुरमा डा. प्रितम बस्नेतको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीलाई खटाउने निर्णय भएको छ । साथै उपमहानगरले स्वास्थ्य जाँचका क्रममा शंकास्पद लक्षण देखिए त्यस्ता व्यक्तिहरुलाई राख्नका लागि तीन स्थानमा आइसोलेशन कक्षको स्थापना गरेको छ । जस अन्तरगत घोराही ३ को कुइरेपानी स्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नम्बर १० स्थित साविक त्रिपुर नगरपालिकाको भवन र वडा नम्बर १६ स्थित बाल अस्पतालको भवनलाई प्रयोग गर्ने निर्णय भएको छ ।

उपमहानगरले नगरबासीलाई सरसफाईमा बिषेश ध्यान दिन अपिल गरेको छ । उपमहानगरले जनस्वास्थ्य अधिकृत विकेश रेग्मीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । साथै नयाँ बसपार्कमा समेत स्वास्थ्यजाँच सहायता कक्षको स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार