• २०७७ फाल्गुन २० गते बिहिवार

तुलसीपुरमा एक बसमा आगजनी

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ६ गते बिहिवार


तुलसीपुर, दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा पार्किङ गरेर राखेको बसमा गए राति आगजनी भएको छ ।

बसमा कसले र किन आगजनी गरेको हो , भन्ने बारेमा अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक चक्रडम्मर पालले बताए । ना ४ ख ७१८८ नम्वरको बसमा गएराति ११ बजेतिर आगजनीबाट बसमा क्षति पुगेको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको उक्त बस विगत तीन महिनादेखि बसपार्कमा पार्किङ हुँदै आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार