डांगीको मृत्युमा उद्योग बाणिज्य संघ लगाएतका संघसंस्थाद्धारा शोक व्यक्त

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ५ गते बुधवार


शरद रेग्मी
दाङ, ५ चैत्र : तुलसीपुरका युवा हिरा डाँगीको मृत्यु प्रति विभिन्न संघ संस्थाहरुले शोक व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसका ईकाइ उपसभापतिको निधनमा दाग जिल्लाका विभिन्न संघसंस्थाहरुले विज्ञप्ति मार्फत शोक व्यक्त गरेका छन् । त्रिवेणी गाउँपालिकाका अध्यक्ष एंब तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब महासचिब मानवहादुर डाँगीका छोरा एंव यस क्षेत्रका उर्जावान खेलाडी डाँगीको असामयिक निधनप्रति बाणिज्य संघले शोक व्यक्त जारी गरेको छ ।
बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत र महासचिब रुपबहादुर खत्रीले शोक बिज्ञप्ति जारी गर्दै हत्याराहरुलाई हदै सम्मको कारबाहि गर्न माग गरिएको छ ।
त्यस्तै त्रिशिद्दद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल,रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी र महासचिब बिमल गौतम,रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष देबबहादुर केसी, लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसी, राप्ती बबई क्याम्पस,ट्रक ब्यबसायी समिति, दाङ जिल्ला ट्रेकटर समिति लगाएतका संघ संस्थाहरुले शोक बिज्ञप्ति जारी गरी घटना प्रति दुख ब्यक्त गरेका छन् ।

स्वर्गीय डांगीले खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रतिनिधित्व गरेर तुलसीपुरलाई विभिन्न पदक दिलाएको स्मरण गर्दै एक उर्जावान युवाको निधनले यस क्षेत्रका बिभिन्न सघसस्थाहरुले दुख ब्यक्त गर्दै अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

घटनाको वारेमा सत्य तथ्य छानविन गरेर प्रहरीले दोषिलाई तत्काल कारवाहीको प्रकृया सुरु गर्न तत्काल माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार