• २०७७ मङ्सिर ११ गते बिहिवार

भिडभाड नगर्न शिक्षा शाखाको अनुरोध

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ४ गते मङ्गलवार

तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणबाट सजग रहन अनुरोध गरेको छ । महाशाखा प्रमुख भाष्कर गौतमले सम्पूर्ण विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गरेर प्रशासनिक काम वाहेक कक्षाहरु वन्द गर्न निर्देश गरेका छन् ।

विज्ञप्ती जारी गर्दै महाशाखा प्रमुख गौतमले विद्यालयमा अभिभावक भेला, सभा, ठुला खालका वैठक एवम् साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलपा नगर्नका लागि अनुरोध गरेका छन् । ‘विद्यालयको नतिजा प्रकाशन गर्नका लागि अभिभावकलाई वोलाएर ठूलो भिडभाड नगर्न अनुरोध गरिन्छ ’ विज्ञप्तीमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार