• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना सतर्कता , राप्ती लाईफमा आइसोलेसन बेड

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ४ गते मङ्गलवार

तुलसीपुर ४ चैत , दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलले कोरोनाको सक्रमण फैलिन नदिन अभियान सञ्चालन गरेको छ । अध्यक्ष हरि रिजालका अनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमन फैलिन नदिन अस्पतालमा पाँचवटा आईसोलेसन बेड तयार गरिएको छ । ‘ दाङमा कोरोना फैलिन नदिन हामीले सचेतना अभियानलाई अघि बढाएका छौं’ उनले भने‘ यदि दाङमा भित्रिएमा सबैतिर फैलिन नदिन आईसोलेसन बेड तयार गरेका छौं ।’

स्थानीय सरकारसंग समन्वय गरेर यस अभियानलाई अघि बढाउने समेत उनले बताए । हस्पिटलले क्वारेन्टाईनकालागि समेत मोतिपुरमा रहेको भवन प्रयोग गर्ने बताएको छ । यदि दाङमा कोरोना भित्रिएमा थप संक्रमण हुन नदिन मोतिपुर स्थित भवनलाई क्वारेन्टाईनलाकालागि प्रयोग गर्न सकिने अस्पतालका निर्देशक जीवन भण्डारीले बताए ।

राप्ती लाईफ केयर हस्पिटल प्रालिद्वारा सञ्चालित एचए तथा नर्सिङ कलेजका विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा समेत तयारी गरिएको उनले बताए । भण्डारीका अनुसार विद्यार्थीहरुलाई चिकित्सकहरुले प्रशिक्षण दिएका छन् । यस बिषयमा सोमबार हस्पिटलमा बैठक समेत भएको थियो । अध्यक्ष रिजालको अध्यक्षतामा बसकेको बैठकले कोरोना संक्रमण फैलिन नदिन हस्पिटलले खेल्नुपर्ने भूमिका लगायतका बिषयमा छलफल गरिएको हो । साथै कोरोना संक्रमणको फोकल पर्सनका रुपमा हस्पिटलका फिजिसियन डा.ज्ञानेन्द्र पाण्डेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार