• २०७७ मङ्सिर ११ गते बिहिवार

आगामी आर्थिक बर्षदेखि घोराही बाँयो ग्याँस प्लान्ट सञ्चालन हुने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ४ गते मङ्गलवार

घोराही , दाङको घोराही उपमहानरपालिकाले जिल्ला मै पहिलो पटक फोहोरबाट ग्याँस उत्पादन गर्न लागेको छ । साढे २ विगाह जमिनमा घोराही १६ मा ग्याँस उत्पादन गर्न लागेको हो । नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिका बीचको सहकार्यबाट फोहोरबाट ग्याँस उत्पादन गर्न थालिएको हो ।


गत बर्षको मंसिर ५ गतेदेखी नेपाल उर्जा विकास कम्पनीसंग उपमहानगरको सम्झौता भएको भएता पनि भदौ महिनादेखी निर्माण शुरु भएको हो । हाल सम्म ८० प्रतिशत निर्माण पुरा भएको नेपाल उर्जा विकास कम्पनी प्रालिका म्यानेजर हरीशरण श्रेष्ठले बताए ।
फाण्डेशनको काम भैसकेकाले अब माथिल्लो भागको निर्माण चाँडै हुनेछ । संरचना निर्माणको काममा कुनै समस्या नभए अबको ३ देखि ४ महिनाभित्र सबै संरचना निर्माण भइसक्ने र संचालन आउने अपेक्षा गरीएको उहाँले बताए ।

दैनिक जम्मा भएको फोहोरबाट ग्याँस निकाल्नको लागी १९ करोड ८५ लाखको लागतमा लाग्ने छ । बिश्व बैंक तथा वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिने छ, भने ६० प्रतिशत कम्पनी आफैले लगानी गरेको छ । दैनिक २ हजार घनमिटर ग्याँस उत्पादन हुने उक्त बायो ग्याँसले दैनिक ७० देखि ८० वटा ग्याँस सिलिण्डर सम्म उत्पादन गर्ने लक्ष्य लिएकोे मित्सन बायोग्याँस सलुसन इन्डिया तथा उक्त प्लान्टका इन्जिनियर गुरमिट सिंहले बताए । कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको उनले बताए बताए ।

घोराही उपमहानगरले अहिले फोहोरलाई २ किसीमले बर्गीकरण गरेको जनाएको छ । एउटा गाडीले गल्न फोहोर र अर्काेले नगल्ने फोहोर संकलन गर्ने उपमहानगरपालिकाका प्रबक्ता भरत अर्यालले बताए ।

संरचना निर्माणपछि फोहरबाट ग्याँस उत्पादनका लागि अन्य प्राविधिक काम सुरु हुने र घोराही उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइडमा गल्ने फोहोरबाट ग्याँस उत्पादनका लागि काम गर्ने गरी प्रा.लिसंग सम्झौता गरेको घोराही उपमहानगरपालिकाका प्रबक्ता भरत अर्यालले बताए । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरू घोराही उपमहानगरपालिकालाई प्रालिले हस्तान्तरण गर्ने भएको छ ।
२० वर्षसम्म उत्पादनको ५ प्रतिशत रकम उपमहानगरपालिकालाई प्रालिले दिने भएको छ ।
ग्याँससंगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ । फोहोरबाट ग्याँस तथा कम्पोष्ट मल उत्पादन हुने भएपछि उपमहानगरपालिकालाई फोहरबाट मोहोर पनि हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार