दाङमा कोराना भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ३ गते सोमवार


दाङ, दाङमा कोराना भाइरसको संक्रमणबाट जोगिनको लागी उच्च सतर्कता अपनाएको छ । यहाँका स्थानियतह देखी जिल्ला प्रशासन कार्यालयहरुले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जिल्लामा हुने सभा, सम्मेलनमा रोक लगाउने निर्णयसंगै स्थानिय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । दाङको कोईलाबास नाका र तुलसीपुरको टरिगाउँ एयरर्पोट, तुलसीपुुर १३ दमारगाँउमा स्वास्थ्य चेकजाँचको लागी हेल्पडेक्स स्थापना गरिएको छ । दाङमा कुनैपनि ब्यक्तिमा कोरोना भाइरसको समस्या नदेखिएको भएता पनि पूर्व साबधानी अपनाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले बताए ।

त्यसैगरी दाङका १० स्थानियतहमा जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको र नेपाल प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य हेल्पडेक्स स्थापना गरेको समेत उनले बताए । त्यसैगरी जिल्लामा हुने ठुला सभा, भेला कार्यक्रम गर्न रोक लगाएको रिजालले बताए । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसुलेसन कक्षको स्थापना गरिएको अस्पतालले जनाएका छन् ।

राप्ती प्रादेशिक अस्पतालमा ३ बेडको सहायता कक्ष स्थापना भएको अस्पातालका प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर प्रताप पोख्रेलले बताए । कोरोना भाइरसका कारण त्रास हुनु पर्ने अवस्था नभएको भएता पनि सबैले साबधानी अपनाउनु पर्ने उनले बताए । यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि १० बेडको आईसुलेन बेड (साहायता कक्ष) स्थापना गरेको जनाएको छ ।

प्रतिष्ठानले डाक्टरको संयोजकमा कमिटी बनाएर तयारी अबस्थामा रहेको प्रतिष्ठानी उपकुलपति डाक्टर संगिता भण्डारीले बताए । यता दाङका १० वटै स्थानियतहरुले पनि आफ्नो पालिकामा कुनै ठुला कार्यक्रम, भेला नगर्ने भन्दै रोक लगाएका छन् ।

तुलसीपुर उपमहानरपालिकाले पनि उपमहानगरपालिका भित्र कोरोना भाइरसको कारणले कुनै पनि कार्यक्रम गर्न अनुमति नदिएको जनाएको छ । उपमहानगरले कोरोना भाइरसबाट बच्नको लागी पूर्व तयारी अपनाएको तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले बताए । त्यसैगरी स्थानिय सरकारको तर्फबाछ यस भाइरसबाट बच्नको लागी सबैलाई अपिल गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार