दाङमा भिषण पानी र असिना, कृषिमा लाखौंको नोक्सानी

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २ गते आइतवार


तुलसीपुर , पश्चिमी वायुको प्रभावले देश भरीकै मौसम बदली भएको अवस्थामा दाङमा शुक्रबारदेखि शनिबार सम्म हिउँदे बर्षा भएको हो । जिल्लामा शुक्रबार हल्का वर्षा भए पनि शनिवार दिउँसो भारी बर्षा हुनुको साथै असिना परेको थियो । बेमौसमी बर्षासँगै आएको असिनाले किसानहरुले लगाएको बालीनालीमा क्षति पुगेको छ ।

तुलसीपुर क्षेत्र सहित जिल्लाका विभिन्न स्थानमा भिषण असिना परेको छ । जसले गर्दा किसानहरु पिडित बनेका छन् । एक फुट सम्मको असिना परेको बताईएको छ । तुलसीपुर ४ कोईलाखानी टोल विकास संस्थाका अध्यक्ष धनसिंह पुनले शनिवार दिउँसो आएको भिषण असिना पानीले बालीनालीमा ठूलो क्षति पु¥याएको बताएका छन् ।

उक्त टोल अन्र्तगत रहेका झन्डै पचास÷साठी किसानले विघौ जग्गामा लगाएको बालीनालीमा क्षति पुगेको उनले बताएका छन् । भेरीखोर, तरुले, सिस्नेकुटी, सिमलखोरिया लगाएतका क्षेत्रमा किसानले लगाएको गहुँ,मसुरोमा ठूलो क्षति पुगेको उनले बताएका छन् ।यस्तै तरकारी खेती तर्फ टमाटर, काउली,खुर्सानीमा पनि ठूलो क्षति पुगेको उनले बताएका छन् । त्यस क्षेत्रमा एक फुट सम्मको असिना परेको अध्यक्ष पुनले बताएका छन् ।


यस्तै मुल्कोटमा पनि असिना पानीले बालीनालीमा क्षति पुगेको मुल्कोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनले जानकारी दिएका छन् ।उनका अनुसार स्थानिय किसानले खेती गरेको टमाटर, खुसार्नी , मसुरो ,गहुं, केराउमा असिनापानीले क्षति पुगेको छ ।

यस्तैगरी जिल्लाका विभिन्न स्थानमा पनि पानी संगै आएको असिनाले कृषिबालीमा क्षति पुगेको बताईएको छ । शनिबार बर्षायाम झै भिषण वर्षा भएको हो । यस्तै जिल्लामा वितेको २४ घण्टाको अवधिमा ९ मिलिलिटर पानी परेको जल तथा मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ । यो प्रणाली कमजोर भएपछि आइतबारदेखि मौसम खुल्दै जाने मौसमविदको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार