
काठमाडौं, हिमेश पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’ बनेका छन् । रियालिटी सो ‘कमेडी च्याम्पियन’ को आज भएको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पाखा लगाउँदै पन्त नेपालकै पहिलो स्ट्यान्ड–अप ‘कमेडी च्याम्पियन’ बनेका हुन् ।
च्यासलस्थित ‘कमेडी च्याम्पियन’काे स्टुडियोमा भएको ग्रान्ड फिनालेमा उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् ।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस